इलाम, २० वैशाखः खुकुरी प्रहारका कारण इलामका खेम चौलागाई घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–९ तिलगंगा बस्दै आएका चौलागाईमाथि मङ्गलबार खुकरी प्रहार भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार एमेन्द्र ओलीले धारिलो खुकुरी प्रहार गरेका थिए । रोल्पा जुगार–७ घर भई काठमाडौँ मुलपानी बस्ने ३६ बर्षीय ओलीलाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्दा घाइते भएका ३५ बर्षीय चौलागाईको उपचार केएमसी अस्पताल सिनामंगलमा भइरहेको छ । खुकुरी प्रहारको कारण खुलिसकेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment