बिर्तामोड, २० वैशाखः बिर्तामोडमा आइतबारबाट शुरु भएको शेयर बजारमा अहिले सम्मकै उच्च कारोबार भएको छ । स्थानीय तहको पहिलो चरणको मनोनयनदर्ता पश्चात बुधवार खोलेको शेयर बजारले अधिकांश हरियो रङ्ले स्वागत गरेको छ । गत साता राजनैतिक अस्मझदारीका बावजुत बुधबार नेप्से परिसूचक ४.०५ अङ्क्को वृद्घिमा शुरुभएको बन्द हुँदा १६६२.३८ अङ्कमा पुगेर बन्द रहयो । अधिकांश हरियो रहेको शेयर बजारमा बुधवार कारोबारको हिसाबले सबैभन्दा बढि एस.एच.पी.सी (सानीमा माई हाईड्रो पावर) को भएको सुमेरु सेक्यूरिटिज बिर्तामोडका शाखा प्रवन्धक रोशन पौडेलले जानकारी दिए । सुमेरु सेक्यूरिटिज ब्रोकर नम्बर ३९ ले आफ्नो शाखा कार्यलय बिरर्तामोड डेनियल होटल सँगैको भवनबाट सम्पुण शेयर सम्बन्धी कारोबार गर्दै सेवा प्रदान गर्न थालेको छ । बैंकीङ् क्षेत्रको उच्च कारोबार भएको बजारमा एस.के.डी.बी. एल.को शेयर मूल्य १० प्रतिशतले बुधबार घटेको हो । करिब ८९ कडोर को कारोबार भएको बजारमा कुल १३००७६७ कित्ता शेयर कारोबार भएको पनि पौडेलले जानकारी दिए । प्रवन्धक पौडेलका अनुसार आगामी शुक्रवार दिनको १२ देखी २ बजे सम्म शेयर सम्बन्धी आधारभूत तालिम गराईने छ । यस प्रकारका तालिमहरु हरेक शुक्रबार गराईने उनले जानकारी गराए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment