इलाम नेकपा माओवादी केन्द्र इलाम नगरपालिका–१२ का वडाध्यक्षका उम्मेदवार नारायण राई वेपता भएका छन । शनिबार हुने आमसभाको तयारीका लागि भनेर शुक्रबार अपराहन्न ४ बजे घरबाट निस्किएका राई सम्र्पकमा नरहेको नेकपा माओवादी केन्द्र इलाम नगर कमिटीले बताएको छ । बेपता भएका राईको खोजी गरिरहेको प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी गराए ।
