पाँचथर, नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब हुने दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो हुने बताउनुभएको छ । पाँचथरको हिलिहाङस्थित जोरपोखरीमा आज बिहान भएको पार्टी भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । काँग्रेसका उम्मेदवार सक्षम, सबल, क्षमतावान र विकासशील भएको हुँदा उनीहरुलाई अब हुने स्थानीय तहको निर्वाचनमा अत्यधिक मतले विजयी गराउन जनतालाई आग्रह गर्नुभयो । ऐतिहासिक पार्टी भएको र अब मुलुकको समृद्धि गर्ने पार्टी काँग्रेस नै रहेको हुँदा अब काँग्रेसको पक्षमा जनलहर आएको उहाँले बताउनुभयो । रासस
