बढ्यो देउमाई नगरपालिकामा चुनावी सरगर्मी

मंगलबारे, २८ जेठ : इलामको देउमाई नगरपालिकामा चुनावी सरगर्मी बढेको छ । नेपाली काग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेद्वार छनौट गरि चुनावी प्रचारमा लागेपछि देउमाई हरेक वडामा दिनैपिच्छे दलहरुका चुनावी कार्यक्रम हुँदै आएका छन् । नेपाली कांग्रेसले देउमाईका सबै वडामा वडा भेला सम्पन्न गरि घरदैलो कार्यक्रम शुरु गरेको छ । वडाका केन्द्र र टोलमा कोणसभा पछि ¥यालीको आयोजना गरिँदै आएको नेपाली कांग्रेस मेयरका उम्मेद्धवार होम दुललाले बताए । कांग्रेसले देउमाईको उपमेयरमा सूर्यमाया राईलाई उम्मेद्वार बनाएको छ । नेकपा एमालले पनि चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।
एमाले मेयरका उम्मेद्वार सूर्य पोखरेलका अनुसार पार्टीले आफ्ना उम्मेद्धवारलाई जिताउन वडा भेला, घरदैलो अभियान र कोणसभाहरु गर्दै आएको बताए । यस्तै माओवादी केन्द्रले वडा भेला गरि पार्टीको वडा कमिटी गठन गरि प्रचार–प्रसार गर्दै आएको मेयरका उम्मेद्धवार राम राईले बताए । माओवादी केन्द्रले देउमाईको उपमेयरमा शान्ता बस्नेतलाई उपमेयरको उम्मेद्वार बनाएको छ । सबै वडामा प्रचारप्रसार समिति निर्माण गरि हामीले घरदैलो कार्यक्रम गर्दै आएका छौ– माओवादी केन्द्रका मेयरका उम्मेद्धवार राम राईले भने– कांग्रेस र एमालेका उम्मेद्धवारलाई टक्कर दिने योजनाका साथ घरदैलो कार्यक्रम गर्दै आएका छौँ ।
यस्तै देउमाईमा राप्रपा, संघीय समाजवादी फोरम लगायका साना पार्टीले पनि चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएका छन् । पुरानो संरचना अनुसार ५५ वडा मिलेर बनेको देउमाई नगरपालिकामा हाल नौ वटा वडा रहेका छन् । देउमाई नगरपालिकामा २१ हजार ६ सय २३ मतदाता रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment