काङ्ग्रेसले मेयर उपमेयर टुंगो लगायो (भिडियो सहित)


इलामः नेपाली काग्रेस सुर्योदय नगर कार्यसमितिले फिक्कलमा आयोजना गरेको उम्मेद्धार घोषणा सभा मार्फत चारवटै नगर सहित ६ गाउँ पालिकाका प्रमुख र उपप्रमुखको उम्मेद्धार टुगो लागेको जानकारी दिएको ।
कांग्रेसले  इलाम नगरपालिका प्रमुखको उम्मेद्वारमा हिमालय कर्माचार्य र उपप्रमुखमा चन्दा कार्की, सूर्याेदय नगरपालिका प्रमुखमा प्रेम चाम्लिङ र बन्दना (खगेश्वरी) अधिकारी, माई नगरपालिका प्रमुखमा विष्णु कार्की र उपप्रमुखमा चन्द्रमाया लिम्बू तथा देउमाई नगरपालिका प्रमुखमा होम दुलाल र उप्रमुखमा सूर्यमाया राईलाई उम्मेद्धारको टिकट दिएको हो । 
त्यसैगरी काग्रेसले माइजोगमाई गाउँपालिकाका अध्यक्षको उम्मेदवारमा सिटी शेर्पा (पेम्बा), उपाध्यक्षमा लोकमाया थेबे, फाफोकथुम गाउँपालिका अध्यक्षमा राम श्रेष्ठ, उपाध्यक्षमा डाला कार्की (विष्ट), चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ र उपाध्यक्षमा लक्ष्मी मिश्रलाई छनौट गरेको छ । । रोङ गाउँपालिका अध्यक्षमा शमशेर राई र उपाध्यक्षमा चन्द्रकला बुढाथोकी (राई), माङसेबुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु लिम्बू, सन्दकपुर गाउँपालिका अध्यक्षमा देवेन्द्र सुवेदी र उप प्रमुखमा सविता गुरुङले टिकट पाएको सचिव निरोज खड्गीले जानकारी दिनुभयो ।
भिडियो यहाँ हेर्नु होस ।

घोषणा सभामा जनताको माग अनुसार उम्मेद्धारको छनौट भएकाले सबै एक ढिक्का भएर चुनाव प्रचारमा लागेको महासमिति सदस्य वेनुपराज प्रसाइले जानकारी दिनुभयो । कार्यक्रममा सचिव खड्गीले मेयर र उपमेयरका उम्मेद्धारलाई केन्दीय कार्यसमितिले पठाएको टिकट हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा महासमिति सदस्य तोयनाथ भट्टराईले भुगोलले मागेका उम्मेद्धारले टिकट पाएकाले कार्यकर्ताहरुलाइ एक भएर निर्वाचनमा हामीन आव्हान गर्नुभएको थियो । 
सुर्योदय नगरपालिकाका मेयरका प्रत्यासी प्रेम चाम्लीङले स्थानीय जनताको समस्यासँग जुधेर लामो समय काम गरेकाले विजयका लागि सहजहुने बताउनु भयो । उहाले बाटो, विजुली, खानेपानी, पर्यटन देखि अध्यागमन सम्मका विषयमा योजनावद्धरुपमा काम गर्ने योजना सुनाउनु भएको थियो । 
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलले यस अघिनै उम्मेद्धार घोषणा गरेर चुनावी अभियान तिव्र बनाएका छन् । काग्रेसले आकांक्षीको विवाद नमिल्दा उम्मेद्धार छनौटमा ढिलाई भएको जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment