रोङ, २९ जेठः दोश्रो चरणको निर्वाचन नजिकिदै जाँदा दक्षिण पूर्वी इलामको रोङ गाउँपालिका वडा नंं ६ मा चुनावी चहल पहल ह्वात्तै बढेको छ । स्थानिय तहको गठन हुँदा साबिकको जिर्मलेको सबै वडाहरु मलिाएर रोङ गाउँपालिकाको ६ नं बडा बनेको यस वडामा कूल एकहजार छयासी घर परिवार तथा पाँच हजार एकसय अठासी जनसंख्या रहेकोमा हाल तीनवटा मतदान केन्द्रमा तीनहजार दुईसय बहत्तर जना मतदाताहरु रहेका छन् । भौगोलिक बनावट निक्कै जटिल रहेको यहाँको सरस्वती मा.विको केन्द्रमा एकहजार एकतीस, मोतिराम मा.वि. केन्द्रमा एकहजार चौसठ्ठी र कुवापानी मतदान केन्द्रमा एकहजार एकसय पचत्तहर मतदाता रहेका छन् । रोङ ६मा मुख्यतयः चुनावी प्रचारमा नेपाली कांग्रेस र नेकपा एमाले लगायत नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अगनाइजेसन र संघीय समाजवादी फोरमको उपस्थिति देखिएपनि नेपाली कांग्र्रेस र नेकपा एमालेले मात्रै चुनावी प्रचारमा सक्रिय भएर लागेका छन् । यी दुवै दलहरुले पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरि सकेका बताएका छन् । रोङ ६ मा नेकपा एमालेलेको जिल्ला कमिटिले वडा अध्यक्षको पदमा चन्द्रमणी राईको नाम सार्वजनिक गरेको भएपनि अहिले सो पदमा मनबहादुर लाप्चालाई उम्मेदवार बनाएको छ । यसैगरी महिला सदस्यमा डिकमाया प्रधान, दलित महिला सदस्यमा सरस्वती बराइली र खुल्ला सदस्यमा किरण लामा र धिरज दराईलाई उम्मेदवार बनाएको एमालेका क्षेत्रिय सदस्य समेत रहेका लोकनाथ भण्डारीले बताए । यसैगरि नेपाली कांग्रेसले क्षेत्रिय प्रतिनिधि मनिकुमार तामाङ्ग ( सुबास)लाई वडाध्यक्ष बनाएको छ । यसैगरी महिला सदस्यहरुमा सुमित्रा तामाङ्ग, दलित महिला सदस्यमा कुमारी दर्जी, खुल्ला सदस्यहरुमा केशर प्रधान र बिक्रम राईको उम्मेवदवारी रहेको छ । अन्य पाटीहरुले उम्मेवदारी दिने चर्चा चलाएपनि हालसम्म को–को उम्मेदवार हुन् भन्ने खुलाईको छैन तर कतिपय पार्टीहरुले उम्मेदवारी बनिदिन मन जित्न सक्ने मतदातालाई आग्रह गरिरहेको एक मतदाताले नाम नलेखी दिने सर्तमा बताए । यता निर्वाचन आयोगले पाँचजना मतदाता शिक्षा स्वयंसेवकहरु नियुक्ति गरेर गरेर मतदाता शिक्षा कार्यक्रम संचालन गरि रहेको छ । जस अनुसार सरस्वती मा.वि केन्द्रमा गोविन्द पौडेल, मोतिराम मा.वि. केन्द्रमा वेदबहादुर राई र शुशिला स्याङ्गबो, कुवापानी मा.वि केन्द्रमा दीपक सुन्दास र अन्जना तामाङ रहेका छन् । उनीहरुले मतदाताहरुलाई पहिलो चरणमा टोल–टोलमा भेला गराएर जानकारी गराउने र दोश्रो चरणमा घर–घरमै पुगेर मतदाता शिक्षा चलाई रहेको वेदबहादुर राईले बताए । यता हरेकदिन गाउँमा राजनैतिक दलका कार्यकर्ताहरु कुनै न कुनै रुपमा मतदाताको घरमा पुग्ने गरेका छन् । अझ रमाइलो त के छ भने यस वडामा हरेक घरमा कुनै न कुनै राजनैतिक दलका झण्डाहरु भएको कारण मत सर्वेक्षण गर्न समेत सजिलो भएको छ तर कुनै घरमा एकभन्दा बढी पनि पार्टीका झण्डा भएको कारण कार्यकर्ताहरुको ध्यान बढी सो घरमा जाने गरेको छ । विकासको आवश्यक पूर्वाधारहरु संचार, विद्युत जस्ता सेवाबाट समेच वञ्चित रहेको यस वडालाई भौगोलिक भू–बनोट समेत अप्ठ्यारो रहेकोले ‘झापाले देखेको र इलामले हेपेको’ भनेर गुनासो गरिदै आएको अवस्थामा उम्मेदवारहरुको आश्वासनले मतदाताहरु अघाइ सकेका छन् । स्मरणिय के छ भने यस अघिको दुवै स्थानिय निर्वाचनमा एमाालेल जितेको मा अबको बाजी कस्ले मार्छ त्यो भने हेर्न बाँकी नै छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment