इलाम नगरपालिकाको विकास गर्न र वडा नम्वर सातलाई समृद्ध वनाउन मेरो उम्मेद्वरीः नरेश श्रेष्ठ

दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने मिति नजिकिँदै जादा इलाममा  चुनावी माहोल तातीएको छ । इलाम नगरपालिकामा उम्मेद्धारहरु मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन् । ठुला पार्टीले बिभिन्न स्थानमा समेत चुनावी सभा सम्पन्न गरीसकेका छन् । इलाम नगरपालिका सात इलाम जिल्लाकै मुटु मानिएको छ । यस वडामा नेपाल तरुण दल इलामका जिल्ला अध्यक्ष नरेश श्रेष्ठलाई नेपाली कांग्रेसले वडा अध्यक्षमा उठाएको छ । के छ यस वडामा चुनावी माहोल ? यसै विषयमा केन्द्रित रहेर उहाँ संग  गरिएको कुराकानी  प्रस्तुत छ । 
प्रश्नः तपाई तरुण दलको जिल्ला अध्यक्ष, किन इलाम नगरपालिका वडा नम्वर सातमा उम्मेद्धारी दिनु भयो ?
नरेशः यस वडामा हालसम्म जिल्लाका प्राय सवै ठुला–ठुला कार्यालयहरु छन् । अव यो बिकेन्द्रित हुँदै गरे पनि यो एक चर्चित अनी इलाम नगरपालिका भित्रकै बिकास उन्मुख वडा हो । यहाँको विकास भए मात्र अन्य स्थानमा विकास गर्न सहज हुुन्छ । त्यहि भएर यस वडाको विकास गर्न, इलाम नगरपालिका सातलाई समृद्ध बनाउन । यो क्षेत्रलाई सफा अनी हराभरा बनाउन साथै यहाँका जनतालाई सुखी र सम्पन्न र आत्मा निर्भर बनाउन मेरो उम्मेद्धारी हो । साथै यस वडा भित्रको बजारलाई ब्यावस्थापन गर्नु नै मेरो मुख्य भुमिका हो । 
प्रश्नः हाल सम्म प्रसार–प्रचार र चुनावी दौडानमा रहदा तपाई अनी नेपाली कांग्रेसको पक्षमा जनलहर कस्तो पाउनुभएको छ  ?
नरेशः हामी सँग यहाँको तथ्याङ्क नै छ । यो इलाम नगरपालिका वडा नम्वर सात पहिलाको वडा नम्वर एक र दुई गाभीएर नयाँ वडा निर्माण भएको छ । वडा नम्वर एकमा छ सय मतदाता मध्ये ९० प्रतिशत भन्दा माथी मतदाता नेपाली कांग्रेसमा नै क्रियासिल हुनुहुन्छ । दुईमा पनि ६० प्रतिशत भन्दा माथी मतदाता नेपाली कांग्रेसमा नै आस्था राख्ने हुनुहुन्छ । यस वडामा जित्ने आधार नेपाली कांग्रेसको बलियो देखिएको छ । हिजो पनि हामी यस वडामा माथी थियौ ,र आज पनि माथी नै छौ । त्यहि भएर यस वडामा नेपाली कांग्रेसको जित सुनिष्चित छ । गत शनिवार इलाम नगरपालिका चुनाव प्रसार–प्रचार समितिले आयोजना  गरेको कार्यक्रममा तपाईहरुले पनि माहोल देखी सक्नु भएको छ । हजारौँको सङख्यामा इलाम नगरपालिका भित्रका  जनता त्यहाँ उपस्थित भएका थिए । त्यो इलाम बजारमा भएको कार्यक्रम मध्येकै धेरै जनता सहभागी भएको कार्यक्रम होे । एकातिर शनिवार अनी, पानी पर्दापर्दै पनि त्यति मानिसको उपस्थिती हुँनु यस वडामा मात्र हैन सिङ्गो इलाम नगरपालिका हामीले जितिसकेको संकेत पनि हो । अनी मतदाताको घर–घरमा पुग्दा उहाँहरुले हालसम्म जुनसुुकै पार्टीमा भोट हाले पनि आसन्न स्थानीय तहको निर्वाचनमा रुख चिन्हमा नै मतदान गर्ने  बाचा गरि सक्नु भएको छ । अर्को कुरा निर्वाचन आयोगले नै हाम्रोलाई हैन राम्रोलाई जिताऔँ भन्ने विज्ञापन सार्वजनिक गरे जस्तै नेपाली कांग्रेसले पनि स्वाच्छ छवि भएका, विकासप्रेमी अनी नैतिक रुपमा राम्रा उम्मेद्धारहरुलाई उठाएको छ । त्यो कुरा मतदाताहरुले बुझीसक्नु भएको छ ।
प्रश्न ः इलाम नगरपालिकामा खानेपानीको समस्या एकदमै जटिल छ कसरी ब्यवस्थापन गर्नु हुन्छ ?
नरेश ः यहाँ खानेपानी समस्या एकदमै जटिल रुपमा देखिएको छ । यो समस्या समाधान गर्नु मेरो पहिलो प्रयास र कर्तब्य हुँनेछ । यसलाई ब्यवस्थापन गर्न हाल आउँदै गरेको खानेपानीको मुहान देखी यहा उपभोक्तको घरसम्म नै पाइप लाईनलाई ब्यवस्थित गरेर केहि हद सम्म समस्या समाधान गरीने छ । नयाँ मुहानको खोजी गर्नु, स्थानीय स्तरमा नै बैकल्पिक स्वच्छ खानेपानीको नयाँ योजना सहित अघि वढ्ने छौ । हाल इलाम नगरपालिकाले खानेपानी वितरण गर्दै आएको छ । तर खानेपानी उपभोक्ताको घरमा पुगेको छ या छैन महसुल बिल भने घर–घरमा महिना नमर्दै पुग्ने गरेको छ । अव भने पहिले खाने पानी उपभोत्तालाई दिईने छ अनि सौलियत दरमा खानेपानी महसुल उठाइनेछ । पहिलो प्रयास प¥याप्त खानेपानी पु¥याउनु हो । अनी बैज्ञानिक ढङ्गबाट सौलियत दरमा महसुल उठाउनु हो । जति खानेपानी उपभोग गरेका छन् उपभोक्ताले त्यसैको आधारमा विल तिर्ने ब्यवस्था गरिने छ । यो मेरो पहिलो प्रयास रहने छ ।
प्रश्नः यस वडामा सवारी पार्किङ र साँगुरा सडकका कारण समस्या छ नि ?
नरेशः पक्कै यो पनि इलाम नगरपालिका सातको ठुलै समस्याका रुपमा रहको छ । वजार क्षेत्रमा रहेको अब्यवस्थित सवारी साधनको पार्किङलाई बेग्ला–बेग्लै स्थानको खोजी गरी ब्यवस्थापन गरिने छ र बजारबाट राजमार्ग तथा ग्रामिण सडकतर्फ जाने वाइपास रोडको ब्यवस्था गरी यो समस्या समेत तत्काल समाधान गर्न पहल गरिनेछ । 
प्रश्नः इलाम पर्यटकीय नगरी हो यसको सुन्दरतामा के सोच्नु भएको छ ?
नरेशः इलाम अहिले सम्म सुन्दर नगरी भनेर कहलिएकै जिल्ला हो । यहाँ रहेको हरियो चियावारी,  अनी धार्मिक पर्यटकीय स्थलहरुले समेत इलामलाई सुन्दर बनाउन सघाउ पु¥याएको छ । अझ भन्ने हो भने यहाँ वितरित बिद्युत, टेलिफोनका तारहरुले यसलाई कुरुप बनाएको छ । खानेपानी वितरणका पाईप समेत अब्यवस्थित हुँदा यहाँ हेर्न लायक छैन यसलाई ब्यवस्थित गर्न यस वडाका वडाबासी सँग, छलफल, सहकार्य गरेर, कसो गर्दा ठिक हुन्छ त्यसै गर्नमा आफु लागि पर्ने छु ।
प्रश्नः इलाम नगरपालिकामा र यस वडामा हालसम्म भइरहेको विकासको अवस्था कस्तो छ ?
नरेशः करिव २० वर्ष अघि भएको निर्वाचनमा यस नगरपालिकामा एमालेले जितेको थियो । त्यस पछि यहाँ विकासको त कुरा छाडौँ कर्मचारीलाई खुवाउने तलव समेत सापटी लिनु पर्ने स्थिती छ । अहिले सम्म कर्मचारीकै भरमा नगरपालिका चलेको छ । कर्मचारीले नगरपालिका चलाउँदा उनीहरुकै बलबुतामा काम गरे अव त्यहाँ हामी जस्ता जनताका प्रतिनिधि आउँछौ ।  जनताका प्रतिनिधि आए पछि जनताको पक्षमा काम गर्नेछौ । जनता तथा मतदाता महानुभावहरुलाई ढुक्क रहन म आग्रह गर्छु कि अव नगरको विकास सर्वत्र रुपमा हुनेछ ।
प्रश्नः कांग्रेस भित्र असहमती बढेको कुरा आउँछ नी ?
नरेशः कांग्रेस एउटा ठुलो पार्टी हो । यहाँ धेरै मानिसहरु अटेका छन् । धेरै मान्छे भएको ठाउँमा धेरै कुरा हुन्छन् सवैका सवै कुरा एकै ठाउँमा अटाउन गाहे हुन्छ । तर यो स्थानीय तहको निर्वाचनमा हामी कांग्रेसलाई जिताउन एक ढिका भएका छौ । यसको प्रमाण त गत शनिबार  इलाम चोकमा भएको चुनावी एकता सभाको सन्देशबाट देखी सक्नु भएको छ । कांग्रेसका जिल्ला स्तरका नेता जिल्लामा र केन्द्र स्तरका नेता पुरै देश दौडाहामा हुनुहुन्छ ता कि अब कांग्रेसले स्थानीय तहको निर्वाचनामा सवै ठाउँमा जित्नुपर्छ भनेर लागि रहदा  यसले पनि कांग्रेस एक ढिका भएको सन्देश दिई सकेको छ ।
प्रश्नः अन्त्यमा के भन्नु हुँन्छ इलाम नगरपालिका  सातका मतदाताहरुलाई ?
नरेशः असार १४ गते स्थानीय तहको निर्वाचन हुँदैछ । अब निर्धक्क भएर रुख चिन्हमा मतदान गर्नुहोस । इलाम नगरपालिकालाई समृद्धिको बाटोमा हिँडाउन तपाईले दिनु भएको अमुल्य मत खेर जाने छैन । मलाई नेपाली कांग्रेसले इलाम नगरपालिका सात नम्बर वडामा वडा अध्यक्ष पदमा उठाएको छ । तपाईको अमुल्य मत दिएर विजय गराउनु हुनेछ भन्ने विश्वास लिएको छु । धन्यवाद जयनेपाल   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता