दलहरुको घोषण पत्रमा मात्र सिमित नवनोस दलित अधिकारका कुराहरु

प्रकाश नेपाल
इलाम, आसन्न निर्वाचन नजिकिएसगै बिभिन्न मागहरुको सम्बोधन गदै फरकफरक किसिमका घोषणापत्र लिएर नेता तथा तिनका कष्र्याकर्ताहरु गाँउगाँउमा सिहदरबार भन्ने मूल नारा लिएर गाँउ सहर बस्ति केन्दित भएर चुनाबी प्रचारप्रसारमा ब्यस्त देख्निछन् । इलाममा  पनि त्यस्तै देख्निछ सबै राजनैतिक दलको फरकफरक घोषणा पत्र देखिन्छ त्यस्मा दलितहरुको हक अधिकार समाबेस भएको  छ कि छैन भन्ने बिषयमा चिन्तित देखिन्छन् । 
दलितसमुदायका बेदना र चिन्ताले भरिएको छ सबै जनताको मन त्यस्तै बिषयमा छ र त्यस्तै बेदनामामा भएका ब्यतिm हुन् इलाम नगरपालिका निवासी चन्द्र शिवा उनि भन्छन् “ हाल सम्म जे जति निर्बाचनमा भाग लिने अबसर पाईयो त्यसमा दलितहरुको हक अधिकारको बिषयमा त्यती सन्तोजनक तरिकाले समाबेस भएको पाईएन त्यसैले अब भोलिका दिनमा थप उपलव्धि मूलाक दलितहरुको हक अधिकारको विषयमा जोड दिईयोस र छुवाछुत मुक्त देश विकाश भएर देश संमृद्ध बनोस यहि अपेक्षरत छौ ।”
यस्तै मानिसका पिडा भोगिरहेका धेरै  देख्न र सुन्न पाईन्छ जब राति तब बुडि ताती भन्ने उखान ठ्याक्कै भएको पाईन्छ जब चुनाब आउछ तब दलका नेताहरु दलितका हक र अधिकारको बिषयमा केन्दित भएर घोषणा पत्र ल्याएर आउछन् ।
यसरी नै इलाम नगरपालिका ९ कि ७० बर्र्षीय विष्णु सुन्दास पनि आफ्नो पिंडा यसरी सुनाउनु हुन्छ “हामी जस्ता बुडापाकालाई यो चुनाव आए पनि ठिकै नआए पनि ठिकै छ झन त्यस्मा पनि हामी दलित पहिला देखिनै हेपिदै आएका हौ अब हेपिनुपर्ने समस्या हटाईयोस र हामि जस्ता बृद्धबृद्धाको गरिखान नस्कने अबस्थामा भएकाहरुलाई भताको ब्यबस्था राम्रो सँग गरियोस र अब हामी दलित भएको कारण कसैको घर आगनमा जानबाट बन्चित नभईयोस भन्न चाहान्छु हाम्रा नेताजनहरुलाई । ”
दलितहरुले आफना अधिकार रक्षा गर्नको निम्ती पहल गरिरहदा दलहरुका नेताहरु तिनीहरुको कुरा  कार्यान्यन गर्ने बाचा र प्रतिबद्धता सहित चुनाबी प्रचारप्रसारमा हिडिरहेका देख्न सक्छौ हो यो कुरा केबल कागजमा मात्र सिमित नहोस कार्यान्यन पनि होस र हामी दलित प्रतिक्षारत छौ। भन्दै दुखेसो पोखछिन  सुजता शिवा “हामी दलित महिला हौ हाम्रो आबाज कस्ले सुन्ने हामीलाई शिक्षा दिक्षा निःशुल्क दिईएको छ तर सरकारी बिद्यालयमा पढाई गुणस्तर नहुदा निजी विद्यालय पढाउन बाध्य छौ अनि सरकारले दिएको छुटको खै सदुपयोग गर्न पाएको हामीले ? सरकार सेवा सुबिधा त ल्याउछ तर खै ती क्षेत्रमा निरिक्षण भएको ?  तर यस पालिको स्थानीय तहका प्रतिनिधिको त्यस क्षेत्र मा ध्यानआर्कशण होस् र हामीले पाएको हक अधिकारको प्रयोग गर्न पाईयोस यो हाम्रो मौलिक अधिकार हो र हामी दलितलाई विषेश प्राथमिक्ताका आधारमा हेरियोस । ”
त्यस्तै गुनासोले भरिएको बेदना सुनाउछन् अर्का इलाम निवासी सन्तोस सुन्दास “हामि दिनभर काम गरेर एक छाक जोह गर्न सक्नेलाई त ठिकै छ तर कति त यस्ता पनि छन् दिनभरी काम गरेर एक छाक खान समेत हम्मे पर्ने गर्दछ हो तिनीहरुको पनि संबोधन गरियोस । हामी जस्ता समाजमा पछि परेकालाई अगाडि बड्ने मौका दिने व्यवस्था यस निर्वाचनमा समेटियोस र यो  खाल्का निर्बाचन आएकोमा हामी अत्यान्तै खुसि छौ हामीमा यसले आशाको दियो बालेको छ हो यस निर्बाचन बाट हामीले पनि हाम्रो हक अधिकारलाई समेटेर लगियोस दलितलाई स्थानीय स्तरमा रोजगारिको अवसर मिलोस र दलित भेदभाब रहित संमृद्ध मुलुक बनेर विकास तिर अघि लम्कियोस । ”
अहिलेको आवश्यक्ता भनेको नै सबैमा रोजगारिको अबसर मिलोस भन्ने नै रहेको छ त्यसमा पनि दलितसमुदायको विषेश प्राथमिकतामा परेको पाईन्छ र यसपालि भने पक्कै यस बिषयमा संबोधन हुनेमा ढुक्क छिन इलामकी निर्मला परियार उनी भन्छीन “हामीले पनि स्थान पाँउ कसैलाई काखा कसैलाई पाखा नगरियो समान रुपमा ब्यहाबार गरियोस । ”
यस्ता अनेकौँ  सपना बोकोर बसेका दलितसमुदायको सृनुवाई होस र देश विकास निमार्ण तर्फ अघि लम्कीयोस ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता