अनुमति नलिइकन निर्वाचन प्रचारमा सवारीसाधन

इलाम, २ असार: स्थानीय तहको निर्वाचनमा सहभागि इलामका राजनीतिक दलका उम्मेद्वारले अनुमति नलिइकन सवारीसाधन प्रयोग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले उम्मेद्वारहरुलाई सवारीसाधन प्रयोगको अनुमति दिने व्यवस्था भएपनि इलाममा कुनैपनि उम्मेद्वारले सिफारिस समेत नलिएको इलामका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारले निर्वाचन प्रचारका लागि एउटा चारपांग्रे र दूई वटा दूई पांग्रे सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था छ । इलामका १० वटै स्थानीयत तहका उम्मेद्वारहरुले निर्वाचन प्रचारमा एक दर्जनसम्म चार पांग्रे सवारीसाधन प्रयोग गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार जिल्ला प्रशासन कार्यालयमा कुनैपनि राजनीतिक दलहरुले सवारीसाधन प्रयोग बारे अनुमति नलिएको बताए ।
यसैगरी निर्वाचन आचारसंहिता विपरित निर्वाचन प्रचारमा खटिएका उम्मेद्वारहरुले झण्डा र प्रचारसामग्री प्रयोग गरेका छन् । सार्वजनिक स्थानमा झण्डा प्रयोग गर्न नपाइने भएपनि इलामका चोकबजार र सार्वजनिक स्थानमा राजनीतिक दलहरुका झण्डा गाडिएका छन् । दलका उम्मेद्वारले मतदातालाई प्रभाव पार्न टि–र्सट, टोपी र झोला वितरण गर्दै आएका छन् । यस्तै शिक्षक, कर्मचारी र मतदाता शिक्षा कार्यकर्ता समेत उम्मेद्वारको प्रचारमा हिडेको पाइएको छ । जिल्लामा सक्रिय मुख्य राजनीतिक दलहरुका उम्मेद्वारको पक्षमा सामाजिक संजाल र भौतिक रुपमा उपस्थित भई भोट मागेर हिडेको पाइएपछि सचेत गराएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment