इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहालको निवासमा तपाई पुग्नुभयो भने प्रेमलाई भेटिन्छ । गायक प्रेम सिडिओको क्वाटरमा के गर्दैछन् त ?? गायक प्रेम नेपाल प्रहरीको जागिरे पनि हुन् । सिडिओको क्वाटरमा क्वाटरगार्डको रुपमा इलाममा कार्यरत प्रेम ताप्लेजुङका हुन् । फुर्सदको समयमा गीत सङ्गीतको रचनामा आफ्नो समय खर्चिने प्रेमले ‘के छ तिम्रो मनमा’ बोलको गीतबाट संगीतको दुनियाँमा डेब्यु गरेका थिए । ताप्लेजुङको फुलवारीका प्रेमले पहिलो गीतबाट नै श्रोताको मन जितेका थिए । उनी अहिले ‘पराइको सिन्दुर’ लिएर दर्शक÷स्रोतामाझ आएका छन् । युटुयुबमार्फत रिलिज गरिएको भिडियोलाई छोटो समयमै दर्शकले राम्रै साथ दिएका छन् । रामकृष्ण महराको शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतमा प्रेम श्रेष्ठको स्वर रहेको छ ।
जीवन शाहीको निर्देशनमा बनेको गीतको भिडियोमा नायिका शिल्पा पोखरेल, प्रेम श्रेष्ठ आफैँ र सौरव अधिकारीको अभिनय रहेको छ । अर्जुन पोख्रेलले सम्पादन गरेको भिडियो अम्रित सुवारले छायांकन गरेका हुन् । बालकुमार गौतमले भिडियो निर्माण गरेको गीतको बजार व्यवस्थापन म्युजिक एण्ड आर्ट ग्यालरी नेपालले गरेको छ । गीतमा प्रेमको अभिनयले निक्कै तारिफ कमाएको छ । दर्शक र श्रोताको रेष्पोन्सका कारण आगामी दिनमा पनि नयाँ गीत र नयाँ म्युजिक भिडियो लिएर बजारमा आउन उत्साह थपेको प्रेमले बताए । उनले भने, ‘संगीतलाई माया गरिदिनुस्, त्यहि नै त हो हामी कलाकारले चित्त बुझाउने आधार ।’ उनको यो गीतलाई यो लिङ्कमा https://youtu.be/-dPx8OV8MkM गएर हेर्न सकिन्छ ।


0 comments:
Post a Comment