झापामा फल्यो साढे ४ फिट लामो घिरौंला

झापा । सामान्यतया गाउँघरका करेसाबारीमा तरकारीको रुपमा प्रयोग गरिने घिरौंला कति लामो होला रु अनि त्यसको मोटाई अर्थात गोलाई फिट कति सम्म होला रु स्वभावैले ६ इन्चदेखि डेढ फिट लामो र ५ इन्च मोटाई सम्म हुँदो हो। तर झापा शिवसताक्षी ९ चिल्लागढकी ५५ वर्षीया चन्द्रकला फुयाँलको कोठेवारीमा साढे ४ फिट लामो र १ फिट गोलाईका घिरौंला फलेका छन्। घिरौंलाले स्थानीय गाउँलेलाई मात्र आश्चर्यचकित बनाएन, तीस वर्षसम्म कृषि क्षेत्रमा काम गरेका सरकारी अधिकारीलाई समेत आश्चर्यमा पार्यो।
फुयाँलको कोठेवारीमा फलेको घिरौंला हेर्न आउनेहरु छक्क पर्छन्। ‘यस्तो अचम्मको तरकारी त मेरो बारीमा कहिल्यै फलेकै थिएन’ फुयाँलले भनिन् ‘घिरौंला १५ दिन अवधिको हो।’
घिरौंलाको पात, बोट अनौठो अर्थात स्थानीय घिरौंलाकै जस्तो तर केही फरक प्रकृतिको छ। सात दिनमा दुई फिटभन्दा माथि भएपछि ग्रामीण कृषि कार्यकर्ता डेगनाथ गुरागाईँलाई करेसाबारीमा लगेर उनीहरुले जानकारी दिए।

तर गुरागार्इँले उक्त घिरौंला स्थानीय जातको नभएको बताए। जिल्ला कृषि विकास कार्यलय झापाका बाली विकास अधिकृत राजेन्द्र खरेलले म्युटेसनका कारण घिरौँला असामान्य फलेको बताए।
पाँच वर्षअघिदेखि जनजागरण अगुवा कृषक समुहमा आवद्ध फुयाँल गाउँकी अव्वल किसान हुन्। उनले करेसाबारीमा भएका कुनै पनि तरकारी लगायतका बालीमा रासायनिक मलको प्रयोग गरेकी छैनन् । उनले भनिन् ‘घिरौंलामा पनि गौमुत्र र तोरीको पिना मात्र लगाएकी हुँ, व्याँङ्गडाँडाको सन्देश एग्रोभेटबाट खरिद गरेको घिरौंलाको प्याकमा भएको बियामध्ये दुई बोटमा असामान्य फल फल्यो।’
चैत १८ गते रोपेको घिरौंला वैशाखको २५ गतेदेखि तरकारीको लागि योग्य भयो । एउटा बोटमा ८ वटा जति घिरौँला फलेको छ। बोटले थाम्न नसकेपछि घिरौँलालाई टेका दिएर फुयाँलले बाँधेकी विवेचना दैनिकले लेखेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment