उपभोक्ताको पहिलो रोजाइनै विषादीयुक्त तरकारी

गोविन्द पौडेल
रोङ, २३ असारः विषादी प्रयोगको कारण मानव स्वास्थ्य र वातावरणमा असर परेको भनेर विज्ञहरुले चिन्ता गरिरहेको भएपनि उपभोक्ताको रोजाइको कारण नै विषदीको प्रयोग हुने गरेको पाइएको छ । मानिसहरुले नियमित रुपमा प्रयोग गरिने फलफूल र तरकारीमा स्वास्थ्यको लागी घातक मानिने विषादीहरु प्रयोग हुने गरेको कारण यसले मानिसहरुमा कडाखालको र नसर्ने रोगहरु आउन सक्ने भएतापनि स्वयं उपभोक्ताहरुले नै बजारमा विषादीयुक्त फलफुल र तरकारी रोज्ने गरेको कारण किसानहरु पनि विषादी प्रयोग गर्न बाध्य भएका छन् । 
बजारमा बिक्री हुने तरकारीहरु किन्दा उपभोक्ताहरुको रोजाइमा चिल्ला र चम्किलो, किरा नलागेको तथा सलक्क परेकोमात्र पर्ने भएको कारण किसानहरुले पनि उपभोक्ताहरुकै रोजाइ अनुसार।को उत्पादन बजारमा पु¥याउनको लागि मानव स्वास्थ्यमा असर पुग्ने खालको रासायनिक तत्वहरुको प्रयोग गर्ने गरेका हुन् ।
आजकल बजारमा पाइने बेमौसमी तरकारी र फलफुलहरुमा यस्ता रासायनिक तत्वहरुको बढी प्रयोग ह्ने गरेको छ । बजारमा पाइने केरा आँप लगायतका फलफुललाई किसानहरुले कार्बाेराइड नामक रासायनिक तत्वहरुको प्रयोग गरी पकाउने गरेका छन् जुन मानव स्वास्थ्यको लागि घातक मानिन्छ भने कतिय व्यापारीहरुले नै पनि प्रयोग गर्ने गरेका छन् । यसैगरी काँचो टमाटर रासायनिक तत्वका प्रयोग गरेर नै पकाउने र आर्कषक बनाएर राख्ने गरेका छन् जुन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । यसैगरी तरकारी र फलफुल रोग र किराबाट बचाउन प्रयोगमा प्रतिबन्ध लगाइएका विषादी र हर्मोनहरु प्रयोग गरिएको हुन्छ । 
कुनैपनि विषादी प्रयोग गरेको कति अबधि सम्म उपभोग गर्न हुदैन भन्ने किसानहरुलाई थाहा नहने, मुल्यमा आउने उतारचडाव र उपभोक्तहरुले समेत त्यस्ता वस्तुहरुको पहिचान गर्न नसकेको र बजारमा उक्त वस्तुहरुमा विषादीको मात्रा छ वा छैन भनेर अनुगमन समेत हुन नसकेको कारण त्यस्ता विषादीयुक्त वस्तुहरु बजारमा खुल्ला रुपमा बिक्री हुने गरेको हो । उपभोक्ताले पनि किरा नलागेको र चिल्ला तरकारी र फलफुल नै रोज्ने गरेको कारण किसानहरुले रासायनिक मल र विषादीको प्रयोग गर्ने गरेका बताउछन् । यस्ता फलफुल र तरकारी कसरी चिन्ने भन्ने बारेमा उपकरणहरुको प्रयोग भएपनि इलाममा भने नरहेको जिल्ला कृषि कार्यालय इलामका प्राविधिक सहायक उद्धव पौडेलले चियाबारी दैनिकसँग बताए । 
यसरी नै कडा खाले रेड लेबलको विषादीहरु हाल नेपालमा प्रतिबन्धित रहेको अन्य लेबलका विषादी प्रयोग गरेका फलफुल र तरकारी उक्त रासायनिक तत्वहरुको प्रयोग गरिएमा सात देखि दश दिन पछिमात्र टिपेर प्रयोग गर्न वा बिक्री वितरण गर्न सल्लाह दिए । साथै उपभोक्ताले पनि बजारबाट ल्याएको तरकारी र फलफुललाई राम्ररी धोएर प्रयोग गरे राम्रो हुने भएपनि विषादीको प्रयोग अवधि नसकी प्रयोग गर्न नहुने उनको भनाइ छ । यसरी प्रयोग भएका विषादीको प्रयोग मानव शरीरमा भए त्यसले मृगौला, कलेजो लगायतमा असर हुने नपुसंकता हुने, मधुमेह क्यान्सर, घाटीको रोग, सन्तानमा सुस्तमनस्थिति हुनको साथै सन्तानमा शारीरिक विकलंकता जस्ता कडा रोग लाग्ने गरेको उनले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता