नेकपा एमालेले यहाँको एक गाउँपालिकामा जीत हात पारेको छ । दस स्थानीय तह रहेको इलाममा सन्दकपुर गाउँपालिका जित्दै एमालेले जितको खाता खोलेको छ । सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार उदय राई र उपाध्यक्ष पबित्रा पराजुलीले सानदार जीत हात परेका छन् । ५ वटा वडा रहेको सो गाउँपालिकामा एक वडाध्यक्ष र एक सदस्य (१ नम्बर वडाको) माओवादी केन्द्रले जिते बाहेक २७ सै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले अध्यक्ष विजयी उम्मेदवार उदय राईले ४५२९ र निकटतम प्रतिद्वन्द्वी नेका देवेन्द्र सुवेदीले २३५४ मत प्रप्त गरेका छन् । उपाध्यक्षमा विजयी उम्मेदवार एमाले शोभा पराजुली ३९३०मत त उनकी निकटतम प्रतिद्वन्द्वी सविता गुरुङले २१७२ मत प्राप्त गरेकी छन् ।
