चुलाचुली गाउँपालिकामा नेकपा एमालेको जीत

इलामः इलामको चुलाचुली गाउँपालिकामा पनि नेकपा एमालेका उम्मेद्वार प्रदिपचन्द्र राईले जितेका छन् । पाध्यक्षमा एमालेका निर्मला दाहालले जितेकी छिन् । अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् । यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी मिस्त्रको २३ सय ९५ मत आएको छ । छ वटा वडाहरु भएको चुलाचुली गाउँपालिकाको वडा नं. १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय पञ्चका पूर्ण लावती, वडा नं. २ मा रानबहादुर लिम्बू, वडा नं. ३ मा नेपाली कांग्रेसका नरबहादुर लावती, वडा नं. ४ मा नेकपा एमालेका कालीदास भट्टराईले जितेका छन् । यसरी नै वडा नं. ५ मा एमालेकै चन्द्रकुमार थापा र वडा नं. ६ मा एमालेका हेमन्त राईले जितेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता