देउमाई नगरपालिका ३ मा नेकपा एमालेकोे प्यानल विजयी

इलामः देउमाइ नगरपालिका वडा नम्बर तीनमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा दावा तामाङ् १ हजार मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार पदम कटुवालले ९ सय ३३ मत प्राप्त गरेका छन् । यसै गरि महिला वडा सदस्यमा चिजुमाया राई १०७५, दलित महिला वडा सदस्यमा मिना कुमारी विश्वकर्मा १०२३, खुल्ला वडा सदस्यमा फरेन दाहाल ९७५, र चन्द«कुमार राईले १००५ मत प्रप्त गरी विजयी भएका हुन् । वडा नम्बर ३ सगै नेकपा एमालेले देउमाई नगरपालिकामा ८ र ९ मा प्यानल सहित विजयी हासिल गरी सकेको छ । ं 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता