२२ दिनदेखि हराइरहेकी फागोको कंकाल फेला

फायल तस्वीर
साङरुम्बा, २९ असारः २२ दिनदेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बा (साविक साङरुम्बा–१ गौरी गाँउ) की एक महिलाको कंकाल फेला परेको छ । चुनावी प्रचारका लागी घरबाट गत असार ७ गते हिडेकी ३९ वर्षिया देवीमाया फागोको कंकाल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोल (साविककको साङरुम्बा–३) का धनबहादुर बोहराको अम्लिसो बारीमा रुखमा झुन्डिएको अवस्थामा उनको कंकाल फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको खोजीका लागी बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए । बुधवार बेलुका घाँस काटन जानेहरुले कंकाल भेटेपछि इलाका प्रहरी कार्यालय मंगलबारेमा खबर गरेको प्रहरी निरिक्षक अम्बर बहादुर निरौलाले बताए । मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको थियो । कंकाल आकाशे रंगको सलले घाटीमा झुन्डीएको अवस्थामा फेला परेको हो । बोल्न नसक्ने मृतक फागोको हत्या भएको हो वा आत्महत्या यस विषयमा छानबिन भइरहेको प्रहरी निरिक्षक निरौलाले बताए । कंकाललाई डिएनए परिक्षणका लागी पठाउन जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता