
इलाम नगरपालिका ८ को ओम शान्ति भवन निमार्णका लागि बुधबार ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन । ओम शान्ति भवन निमार्ण समिति उपाध्यक्ष कोपीला गुरुडलाई खड्काले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । चेक बुझदै उपाध्यक्ष गुरुडले खड्का जस्ता मनकारीहरुकै सहयोगले भवन निमार्ण गरीने बताइन ।
यस्तै खड्काले बुधबार नै इलाम नगरपालिका २ को चर्चलाई आर्थिक सहयोग गरेका छन् ।
इलाम नगरपालिका २ सुम्बेकको जीवन ज्योती चर्चको भवन निर्माणका लागि पास्टर धनबीर राईलाई नगद २६ हजार ५ सय ५२ रुपैयाको चेक हस्तान्तरण गरेका छन् । चर्चको भवन निमार्ण कार्य भैरहेको छ । राजनीतिज्ञ तथा समाजसेवी खड्काले इलामका धार्मीक मठमन्दिर सामाजिक क्षेत्र तथा बिभिन्न क्षेत्रलाई सहयोग गर्दै आएका छन् ।