मलेसिया सरकारले अबैधानिक विदेशी कामदार लाई बैधानिक बनेर काम गर्ने मौका दिएको थियो।
त्यो सुवर्ण अवसरलाई जुन तीस तारिक सम्म म्याद दिदा पनि अबैधानिक कामदारहरुले खासै चासो नराखेको महसुस गरेर हाल मलेसियाको विभिन्न शहरहरुमा ईमिग्रेसनले छापा हानेर धरपकड गर्ने काम गरिरहेको छ।
हाल अबैधानिक कामदार हरु कम्पनी नजिक भएको जंगलहरुमा दिन,रात विताउन बाध्य भएको छ।
तत्कालै नेपाल फर्किनु लाई ऐजेन्ट मार्फत २६÷२८ सय रिंगेट तिरेर नेपाल फर्किन सकिन्छ। तर यो कामको लागि विश्वासिलो ऐजेन्ट कहाँ पुग्नु पर्दछ।
हामी कामना गर्छौ, यो अवस्था मा हाम्रा नेपाली दाजुभाई, दिदीबहिनीहरु नपरोस।
मलेसिया मा अबैधानिक रुपमा कार्यरत तपाईहरुको छोराछोरी हरुछन भने कृपया यो भिडीयो हेरिसके पछि तुरुन्तै आफ्नो घर फर्काउने प्रयास गर्नुहोस।
कतै तपाईको आफन्त पनि यो अवस्था मा पर्ने हो कि ?
यो भिडीयो लाई प्रतिनिधि पात्रको रुपमा सम्झनुहोस।
पछि पछुतो मान्नु भन्दा अहिले नै सोच्नुहोस।
हाम्रा सहयोगी वुद्धिमान राईको सहयोगमा तयार पारिएको सामाग्री