
इलाम, २३ असार: १५ वर्षअघि सुरक्षाको कारण देखाउदै इलामबाट लगिएको निसान पुनः इलाममा शुक्रबार स्थापना गरिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत इलामको ठुलो टुँडिखेलमा ल्याइएको निशानलाई विभिन्न जातजातीका झाँकी सहित माइस्थानमा मन्दिरमा वैदिक विधि अनुसार पुजा गरी निशान घरमा भित्रियाइयो । नेपालको सिमाना पुर्वमा टिष्टासम्म पुगेको प्रमाणको रुपमा रहेको निसान २०५९ साल बैशाख २६ गते सुरक्षाको कारण देखाउदै श्रीनाथ पल्टनले आफुसँगै लगेको थियो । वि.स १८८५ मा सुगौली सन्धिपछि इलाममा क्याम्प स्थापना गरी बसेको श्रीनाथ पल्टनको निशान १५ वर्षपछि पुनः स्थापना भएपछि उत्सवको आयोजना गरी इलाम सदरमुकामको माइस्थान मन्दिरमा भित्रियाइएको हो । निशान राख्नका लागी माइस्थान धार्मिक क्षेत्र विकास समितिको अगुवाइमा १३ लाखको लागतमा पुरानो निशान घरको जिर्णोदार गरिनुका साथै १२ लाख रुपैंयाँ बढीको लागतमा माइस्थान मन्दिरमा तामाको छानो लगाइएको छ । सेनाले आफ्नो पल्टन÷गणको सरुवासँगै निसान लाने गरिएपनि इलाममा त्यसपछि फेरिएका गणहरुहरुले निसान लगेको थिएनन् । १८५ वर्षसम्म निशान माइस्थान मन्दिरमा नै राखिएको इतिहासविद्ध युद्धप्रसाद बैद्यले वताए । १८५ वर्ष इलाममा राखिएको निशान श्रीनाथ पल्टनले आफ्नो गणमा लगेपछि लामो संर्घष गरेर फर्काइएको हो । नेपालको सिमाना पुर्वमा टिष्टासम्म पुगेको प्रमाणको रुपमा रहेको निसान फर्कनु इलामको लागी सौभाग्यको कुरो भएको स्थानियबासी बताउँछन् ।
यहाँ हेनुहोस भिडियो