
स्थानिय निकायको नतिजबाट पाठ सिकेर संगठन दरो बनाउन सके अबको निर्वाचनमा यस्तो स्थिति भोग्नु नपर्ने समेत उनको भनाई थियो ।
स्थानिय निकायको निर्वाचनमा तरुण दल जिल्ला कार्य समितिका रहेर विजय हासिल गर्ने प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । जिल्लाभरीबाट तरुणदल जिल्ला कार्य समितिमा रहेका ७ जनाले वडा अध्यक्ष र १५ जनाले सदस्य पदमा विजय हासिल गरेको कार्यक्रममा जानकारी गराइएको थियो । वडा अध्यक्षमा विजय हासिल गर्ने तरुण दल जिल्ला अध्यक्ष नरेश श्रेष्ठ सहित सचिव तिर्थ गुरुङ, रविन एक्तेन, सुवास तामाङ, सुर्य राई, नरेन्द्र लावती र प्रदिप राईलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री राणाले सम्मान पत्र सहित खादा र अविर ओडाएर सम्मान गरेका थिए । तरुण दल जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्य लगायतले मन्तब्य राख्दै वीपीको स्मरण गरेका थिए ।