
नयाँ दिल्ली : जापानी प्रधानमन्त्री सिन्जो आबे भारतको भ्रमणमा आउन लाग्नुभएको छ ।
उहाँ आगामी बुधबार भारत भ्रमणमा आउन लाग्नुभएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १३ देखि १४ सम्म प्रधानमन्त्री आबेले भारतको भ्रमण गर्नुहुने जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दिनुभएको छ ।
यी दुई नेताबीच अहमदावादमा हुने १२ औँ भारत जापान वार्षिक सम्मेलनको क्रममा द्विपक्षीय वार्ता हुनेछ ।