माङसेवुङमा भिषण पहिरो ३५ घर जोखिममा, रबि दमक सडक अवरुद्ध

माङसेबुङः सोमबार राती परेको अबिरल बर्षाको कारण माङसेबुङ गाउँपालिका ३ भञ्ज्याङमा गएको पहिरोमा परेर ३५ घर भन्दा धेरै घरहरु पहिरोको जोखिममा परेका छन् । पहिरोले सेफ्टी वाल बगाइए पछि घरहरु जोखिम पुर्ण अबस्थामा रहेका छन् । अहिले सम्म पहिरोले  १५ रोपनी भन्दा धेरै जग्गा बगाइ बगाई सकेको छ त्यस्तै रबि दमक सडकखण्ड तत्काल रुखहरु ढले पछि पुर्ण रुपमा अबरोध रहेको भन्ने जानकारी प्रहरी चौकी बाझोले जानकारी दिएको छ । घटनास्थल प्रहरी चौकीे बाट १ घण्टा पैदल दुरीमा रहेको छ । 
पहिरोमा परी स्थानी राजेन्द्र खजुमको सेफ्टीवालमा पुर्ण क्षती भएको छ भने लाल बहादुर लिम्बु, अनिता लावती, दिल कुमार नेम्वाङ, डिक बहादुर लिम्बु, राजेन्द्र आङदम्बे, धनपति कुरुङवाङ, देउ कुमार राइ, देउ कुमार आङदम्बे, कम्बर चेम्जोङ लगायत  ३५ भन्दा बढीको  घरको पछाडी को सेफ्टी वाल पहिरोले बगाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता