
इलाम, इलामको अग्र्यानिक तथा ताजा चियालाई विश्व बजारमा पु¥याउने र यसको ब्राण्ड स्थापित गर्ने सुनौलो अवसर आएको इलाम सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । छिमेकी भारतको दार्जिलिङमा भईरहेको आन्दोलनका कारण त्यहाँका चिया उद्योगहरु धराशयी भएको हुँदा अब त्यहाँ चिया ग्राहकहरुलाई इलामे चियाले तान्नु पर्नेमा सहभागीहरुको जोड रहेको थियो । चिया उत्पादक जिल्ला सहकारी संघले चियासँग सम्बन्धित कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वस्थ्य प्रर्वधनमा स्थानीय सरोकारवालाहरु भूमिका विषयमा गरिएको अन्तरक्रियात्मक कार्यक्रम यस्तो विचार आएको हो । गोष्ठीको सेरोफेरोमा रहेर सहभागीहरुले स्वस्थ्य व्यक्तिेले गरेको वस्तु स्वस्थ्य हुने र सो उत्पादन प्रयोग गर्ने व्यक्ति पनि स्वस्थ्य हुने भएकोले कुनै पनि वस्तु उत्पादन गर्ने चरण, स्थान र व्यक्तिहरु सुरक्षित र स्वस्थ्य हुनु पर्नेमा सहभागीहरुको जोड रहेको थियो ।
उन्नति समावेशी कार्यक्रम, आईएलओ, कृषि मन्त्रालयको सहयोग तथा साझेदारीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, केन्द्रिय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहाल, जिल्ला सहकारी संघ इलामका अध्यक्ष नरेन्द्र भट्टराई, डिभिजन सहकारी कार्यालय इलामका लालबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ इलामका इश्वर चिपालु, उन्नति समावेशी परियोजनाका शिवलाल कार्की समावेश रहेका कार्यक्रममा आईएलओका एडभोकेसी अफिसर देवेन्द्र ढुंगाना, आईएलओकै हिरयण्लाल कर्ण तथा माधव विष्टले कार्यक्रममा सहजीकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका जिल्ला चिया उत्पादक सहकारी संघका अध्यक्ष प्रेमराज गुरुङले हाल उक्त संघमा ३९ वटा प्रारम्भिक सहकारी संस्थाका तीन हजार सदस्यहरु आवद्ध भएको जानकारी गराए ।