नगर क्षेत्रको आर्थिक, भौगोलिक र समाजिक हिसाबले उचित मापदण्डमा जग्गा खोजि गरिने

दमक : झापाको पश्चिम उत्तरमा रहको जिल्लाकै दोस्रो पुरानो नगर पालिका दमक नगरपालिकाले घरेलु विमान स्थल निर्माणकालागि अध्ययन शुरु गर्ने भएको छ ।
मोरगंको विराटननगर एयरपोर्ट भन्दा करिब ६२ किलो मिटर पूर्व उत्तर र चन्द्रगढी एयरपोर्ट भन्दा करिब ५० किलो मिटर पश्चि उत्तर रहेको दमक नगरपालिका घरेलु एयरपोर्ट निर्माणकालागी धेरै सुझाबहरु आउन थालेपछि नगरपालिकाले यस बिषयमा चासो बढाउन लागेको मेयर रोमनाथ ओलीले बताउनु भयो ।
७ हजार ५ सय १६ हेक्टर क्षेत्रफल रहेको दमक नगरपालिकामा करिब १ लाखको हाराहारीको जनसं्ख्या रहेको अनुमान गरिएको छ । १० वटा वडाहरु रहेको यस नगरमा पछिल्ला दिनहरुमा निर्माण हुने भनिएका अत्तिनै महत्वका योजनाहरु विश्वको अग्लो बुद्धको मुर्ती, क्लिन औद्योगिक पार्क, लगायतले पनि दमकमा घरेलु हवाई मैदान आवश्यक पर्ने दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल बताउनु हु्न्छ ।
अहिले नगर क्षेत्रलाई कसरी सक्षम र सम्मृद्ध बनाउने भन्ने विषय चौतर्फी चासो बढदै जादा घरेलु हवाई मैदान बनाउने विषयले पनि निकै महत्व पाएकाले पहिलो चरणमा सम्बन्धित विषयका विशेषज्ञहरु संग छलफल गरिने मेयर ओलीले जानकारी दिनुभयो । यस पछि मात्र नगर क्षेत्रको आर्थिक, भौगोलिक र समाजिक हिसाबले उचित मापदण्डमा जग्गा खोजि गरिने जनाइएको छ ।