
दुर्घटनामा परेर स्कारपिओ पूर्ण रुपमा क्षति भएको छ । प्रहरीका अनुसार दुर्घटना भएका बेला स्कारपिओ मोरङको पथरीशनिश्चरे २ का पुण्यप्रसाद तिम्सिनाले चलाएका थिए ।
प्रनि कटुवालका अनुसार चालक अहिले सम्म प्रहरीको सम्पर्कमा छैनन् । ‘चालक तिम्सिनाको मोवाइल पनि स्विचअफ छ,’ उनले भने, ‘दुर्घटनापछि फरार भएको हुन सक्ने आशंकामा खोजी थालिएको छ ।’ दुर्घटनामा परेको गाडीको प्रकृति हेर्दा चालक पनि घाइते भएको हुन सक्ने कटुवालले बताए । ‘ओभर स्पिड’ का कारण नियन्त्रण गुम्न पुग्दा दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका २ का ३२ वर्षीय रामप्रसाद राई र झापा शिवसतासी नगरपालिका र साविकको केर्खा २ की २१ वर्षीय विमला राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए । दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
शव टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र क्षतविच्छेद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कटुवालका अनुसार दुर्घटनामा झापा भद्रपुर नगरपालिका १ की १८ वर्षीय विनु राई घाइते भएकी छन् । गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च ४७५७ नम्बरको स्कारपिओ बिहान साढे ४ बजे नियन्त्रण गुमाएर सडकबाट खसेर रुखमा ठोक्किएर दुर्घटना भएको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन् । गाडी ठोक्किएको रुखका सबै बोक्रा उक्किएको छ। अन्नपूर्ण बाट