- तिलविक्रम थेवे

एक समारोहका विच उदघाटन गरिएको कतारस्थित नजमामा रहेको पहिलो गुर्खा रेष्टुरेन्टको नजिकै शुरु भएको दोस्रो रेष्टुरेन्ट अत्यधिक नेपालीहरुले काम गर्ने व्यापारिक चहलपहल रहेको र धेरै आवतजावत गर्ने सुगम ठाउमा संचालन गरिएकोले नेपाली तथा अन्य विदेशी ग्राहकहरु लागि यस रेष्टुरेन्टमा सजिलो गरी आउन सक्ने रेष्टुरेन्ट संचालक खडग वनेम फागो लिम्बुले बताए ।
नेपाली ग्राहकहरुले शान्त वातावरणमा नेपाली मौलिक स्वादको खाना खान रुचाउने र विदेशीहरु समेत पनि नेपाली खानाको स्वाद लिन रुचाउने हुनाले पनि आफुलाई थप रेष्टुरेन्ट शुरुगर्न उत्साह आएको बताउदै संचालक बनेम फागोले सुलभ मुल्यमा नेपाली खानाको परिकार पस्किइने बताए ।
उद्दघाटन समारोहमा प्रवासी नेपाली मञ्च, सुनसरी सृजनशील परिवार, धरानभन्दा बाहिरका धरानबासीहरुको संस्था डीओडी, एनआरएनए प्रदेश नं १ को नवनिर्वाचित संयोजक लगायत विभिन्न नेपाली संघसस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
यस नयाँ रेष्टुरेन्टमा नेपाली समुदायहरुले आफना विविध कार्यक्रमहरु समेत गर्नसक्ने उद्देश्यले साउण्डसिष्टम सहितको सयजना भन्दा बढी अटाउन सक्ने सभाहलको पनि व्यवस्था रहेको छ ।