लिम्बु संस्कृति जगेर्ना गर्नको लागि ‘फक्तालुङ आइडल’ (फोटो फिचर)

इलाम : लिम्बु कला संस्कृति जर्गेना गर्ने उद्देश्यका साथ आयोजित फक्तालुङ आइडल सिजन दुईको इलाम अडिसन सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको अडिसनबाट १५ जना छनौट भएका छन् । भाद्र ३ गते काठमाडौंबाट सुरु गरिएको अडिसन भाद्र २९ गते सम्पन्न हुनेछ । पुर्वका ९ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लाको अडिसनबाट छनौट भएका प्रतियोगिताहरुबिच दोश्रो चरणमा असोज ३ गते धरानमा प्रतिस्पर्धा हुनेछ । फक्तालुङ सयुङको आयोजना भाद्र ३ गते काठमाडौंबाट १२ जना, भाद्र १३ गते ताप्लेजुङबाट ८ जना र भाद्र १५ गते पाँचथर अडिसनबाट १९ जना छनौट भइसकेका छन् । त्यसैगरी भाद्र १९ गते, झापा, २१ गते मोरङ, २३ गते सुनसरी, २५ गते धनकुटा, २७ गते संखुवासभा र २९ गते तेहथुममा अडिसन गरिने आयोजकले जनाएको छ । 
धरानबाट छनौट हुने टप १० लाई लिम्बुहरुको महान चाड चासोक तङनामको अवसरमा काठमाडौंमा प्रतिस्पर्धा गराई विजेता छनौट गरिने फक्तालुङ आइडल आयोजक समितिका अध्यक्ष भवानी विक्रम सम्वाहाम्फेले जानकारी दिए । आइडलको बिजेताले नगद १ लाख, ३ वटा गित रेकडिङ र विदेश भ्रमणको अवसर पाउने छ भने द्धितियले नगद ५० हजार र ट्रफी तथा तृतियले नगद २५ हजार र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । इलाम अडिसनमा वखत बहादुर आङदाम्बे र लिम्बु भाषाविद्ध यासेमी योङहाङले निर्णायकको भुमिका निर्वाह गरेका थिए । इलाम अडिसनबाट १५ जना प्रतियोगीहरु दोस्रो चरणका लागि छनौट भएका छन् ।

किरात याक्थुङको २९ औ स्थापना दिवस मनाइयो
किरात याक्थुङ चुम्लुङको २९ औ स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा ३ जना विद्यार्थीहरुलाई छात्रवृति तथा सम्मान गरिएको छ । किरात याक्थुङ चुम्लुङ इजरायल शाखाले प्रदान गर्ने नगद ८ हजार राशीको छात्रवृति वेविसा लिम्बुलाई प्रदान गरिएको छ । त्यसै गरी चुम्लुङ कोषले कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रदान गर्ने नगद २ हजार राशीको छात्रवृति यस वर्ष आर्दश माध्यमिक विद्यालयकी सुम्सुङ नेम्वाङ र बौद्धधाम माध्यमिक विद्यालयका निबुहाङ लिम्बुलाई प्रदान गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष चक्र एक्तेन (अभिषेक)को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि माननिय सांसद आइन्द्र सुन्दर नेम्वाङ रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेम्वाङले आदिवासीका सवै हक संविधानले प्रत्याभुत नगरेपनि संविधानले प्रत्याभुत गरेको अधिकारहरुले जनता बिचमा लगेर सुसुचित गर्न सबै आदिवासी समुदाय एकजुट हुनुपर्ने बताए । उनले प्रत्याभुत हुन बाँकी रहेको अधिकारको लडाइ अझै पनि नसकिएको उल्लेख गरे । कार्यक्रममा आदिवासी जनजाती महासंघका उपाध्यक्ष दिपक गुरुङ र सचिव इश्वर लुङगेली लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता