रसुवागढी केरुङ अन्तराष्ट्रिय नाका घोषणा गरे पनि समस्या ज्युँका त्यूँ

रसुवागढी, रसुवा :  रसुवागढी केरुङ नाकालाई चीन र नेपालका अधिकारीहरुले अन्ताराष्ट्रिय नाका घोषण गरेको छ । हाल संचालनमा रहेको नेपाल र चीन वीचको एका मात्र स्थाल नाका रसुवागढी केरुङलाई अन्तराष्ट्रिय नाका घोषणा गरी नेपाल र चीनवीचको व्यापारलाई थप सहज बनाउने कार्य अगाडी बढाए पनि नेपालपट्टिका भौतिक पुर्वधार तथा सडक सञ्जाल व्यवस्थित नहुदाँ रसुवागढी केरुङ नाकाले भनेको जस्तो व्यापार गर्न नसक्ने देखिएको छ ।
दुई देशका अधिकारीहरुले गत बुधबार तिब्बतमा एक कार्यक्रमका वीचमा रसुवागढी केरुङलाई अन्तराष्ट्रिय नाका घोषणा गरेको हो । चीनको तिब्बत सरकारकी सहायक अध्यक्ष लिउ मेइ र ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले रसुवागढी केरुङ नाका संचालनले दुईदेशवीचको व्यापार र व्यवसायलाई सहयोग पुग्ने बताएका थिए ।
रसुवागढी केरुङ २०७१ मंसिर १५ बाट द्विपक्षीय नाकाका रुपमा सञ्चालनमा आएको थियो । यसअघि उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर आवतजावत गर्न सकिन्थ्यो । तर व्यापारीक हिसाबमा खासै कुनै काम भएको थिएन । २०७२ बैशाख १२ को भुकम्पका कारण तातोपानी नाका बन्द भएपछि व्यापारिक नाकाको रुपमा रसुवागढी केरुङ नाका संचालनका आएको थियो ।
रसुवागढी केरुङ नाकामा पनि भुकम्पका कारण भौतिक संरचणहरु भत्किएको थियो । हाल नेपाल तर्फको भौतिक पुर्वधार बन्न सकेको छैन भने चीनतर्फको भने भौतिक संरचनाको पुर्णनिर्माण लगभग सकिसको जनाएको छ । नेपाल तर्फ पुर्ननिर्माणमा भईरहेको ढिलाईका कारण अहिले पनि रसुवागढी नाका पुर्णरुपमा संचालनमा आउन सकेको छैन ।
नेपाल तर्फका सडक साँधुरा तथा कच्ची भएकाले सवारी साधन संचालनमा समस्या भएको हो । रसुवाको टिमुरेमा बन्न लागेको सुक्खा बन्दरगहा छिटो बन्न नसक्दा माल बाहक कन्टेनर पार्किङका समस्या देखिएको छ । अहिले रसुवागढीमा बन्न लागेको एकिकृत भन्सार कार्यालयको ठेक्का प्रकृया सकिए पनि उक्त भवन बन्न ३ बर्ष लाग्ने देखिएकोछ । चीन र नेपाल विचको एक मात्र स्थल मार्ग रसुवागढी केरुङ मार्ग पुर्णरुपमा संचालनका लागि नेपाल तर्फको भौतिक पुर्वधारको पुर्ननिर्माणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता