काँग्रेसका उम्मेद्वार कट्टेल र राईको घरदैलो अभियानमा तिब्रता

इलाम, १० मंसिंरः आसन्न दोस्रो चरणमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन अब मात्र २० दिन बाँकि छ । आइतबार देशका हिमाली र उच्च पहाडि ३२ जिल्लामा निर्वाचन भइसकेको छ । 
लगत्तै दोस्रो चरणको निर्वाचन नजिकिँरहँदा इलाममा नेपाली काँग्रेसले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । यसैक्रममा इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेद्धार भूपेन्द्र कट्टेल तथा सोहि क्षेत्रका प्रदेश नम्बर १ का उम्मेद्धार देवेन्द्र राई सहितको टोलिले घरदैलो अभियानलाई तिब्रता दिइरहनु भएको छ । सन्दकपुर र माइजोगमाई गाउँपालिकामा चुनावी सभा, कार्यकर्ता भेटघाटका साथै घरदैलो अभियान सिध्याएर दुईजना उम्मेद्धार यतिखेर सूर्योदय नगरपालिकामा घरदैलो अभियानमा केन्द्रित हुनुन्छ । जसअनुरुप आइतबार सूर्योदय नगरपालिका १० स्थित गोदकमा चुनावी सभा र घरदैलो कार्यक्रममा रहनु भएको छ । गोदकमा रहेका मतदाताका घर घरमा पुग्दै घरदैलो अभियान सञ्चालन गरिएको काँग्रेस नेता मिलन क्षेत्रीले जानकारी दिनुभयो । 
घरदैलो अभियानमा समानुपातिक तर्फका उम्मेद्धार बिष्णु दाहाल, काँग्रेस महासमिति सदस्य भेषराज आचार्य लगायतको पनि उपस्थिती रहेको छ । घरदैलो अभियानका क्रममा उम्मेद्धारले मतदातासँग मत माग्ने मात्रै नभएर मतदाता शिक्षाका विषयमा पनि जानकारी गराउँदै आएको बताइएको छ । घरदैलो अभियानको क्रममा प्रतिनिधि सभा उम्मेद्धार भूपेन्द्र कट्टेलले खानेपानीको समस्या समाधान गर्ने, कृषिलाई प्राथमिकता दिने, सडक पूर्वाधार निर्माण गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै प्रदेश सभाका उम्मेद्धार देवेन्द्र राईले यस निर्वाचन क्षेत्र अन्तर्गतको प्रदेश नम्बर १ मा पर्यटन ,कृषि, उद्योग र रोजगारीको लागि सधैं सक्रिय भएर लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । घरदैलो अभियानको क्रममा मतदाताको घरदैलामा पुगेर नेपाली काँग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पनि प्रतिनिधि सभा उम्मेद्धार केशब थापा, प्रदेश सभाका उम्मेद्वारहरु डम्बर खड्का र खगेन्द्र देवानले पनि घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता