चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान

इलाम, १ मंसिरः किरात याक्थुङ चम्लुङ इलामको सातौं जिल्ला अधिवेशन इलाम सदरमुकाममा सुरु भएको छ । शुक्रबारसम्म चल्ने अधिवेशनको उद्घाटन कार्यक्रममा व्यक्तित्व सम्मान र सांस्कृतिक झाँकी प्रदर्शनी कार्यक्रम भएको छ । अधिवेशनको उद्घाटनमा किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न चार जना जनप्रतिनिधि र एक उत्कृष्ठ गाउँ शाखालाई सम्मान गरेका छ ।
गत १४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेद्वार भई विजयी भनेका लिम्बू जनप्रतिनिधिलाई चुम्लुङले सम्मान गरेको हो । स्थानीय तहको निर्वाचनबाट निर्वाचित माई नगरपालिकाका प्रमुख दीपक थेवे, इलाम नगरपालिकाका उपप्रमुख शुशीला नेम्बाङ, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो र माङसेबुङ गाउँपालिकाकै उपाध्यक्ष सुनिता योङहाङलाई चुम्लुङले सम्मान गरेको हो ।
उनीहरुलाई प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष मलिसा याक्थुम्बाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए । सम्मानितमध्ये थेवे, नेम्बाङ र योङहाङ नेकपा एमाले र इधिङ्गो नेपाली कांग्रेसबाट उम्मेद्वार भई विजयी बनेका थिए । त्यसैगरी किरात याक्थुङ चुम्लुङ इलामले कार्यसम्पादनका आधारमा सबैभन्दा क्रियाशील शाखामध्ये साविकको लक्ष्मीपुर गाउँ शाखालाई सम्मान गरेको छ ।
अधिवेशन उद्घाटन अघि साँस्कृतिक झाँकीसहितको ¥याली आयोजना गरिएको थियो । लिम्बूको जातीय पहिचानको भेषभूषा र च्याब्रङ सहितको ¥याली ठूलो टँडिखेलबाट सुरु भई बजार परिक्रममा गरी गौतमबुद्ध सभागृहमा समापन भएको थियो । ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिवद्ध’ भन्ने मूल नाराका साथ सुरु भएको अधिवेशनमा साविकका नगर र गाउँ शाखाका ९५ बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको चुम्लुङ इलामका अध्यक्ष अभिषेक येक्तेनले जानकारी दिए । अधिवेशनले भावी रणनीतिहरु सहित २१ सदस्यीय नयाँ कार्यससमिति निर्वाचित गर्ने अध्यक्ष येक्तेनले जनाए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता