
झापा, १० मंसिरः झापाको कन्काई नगरपालीका वडा नम्बर–९ मा सम्पन्न भएको फाइनल बेटमिन्टन खेलमा किरण चुडाल र जिवन श्रेष्टको टिमले चन्द्र प्रसाद चुडाल र मनोज श्रेष्टको टिमलाई पराजित गदै उपादी जितेको छ । घैलाडुब्बा युवा क्लवको आयोजनामा भएको बेटमिन्टन खेलमा ८ टिमको सहभागिता रहेको थियो । मान बहादुर श्रेष्टको टिमलाई हराउदै किरण चुडालको टिम फाइनलमा प्रवेश गरेको थियो भने करण शाहको टिमलाई हराउदै चन्द्र चुडालको टिम फाइनलमा प्रवेश गरेको आयोजक समितिका अध्यक्ष गोबिन्द उप्रतीले बताउनुभयो ।
२१–१२, २१–१६ ,१८–२१ र २१–२० को सोझो सेटमा किरण चुडालको टिमले चन्द्र प्रसाद चुडालको टिमलाई हराएको हो । घैलाडुब्बा युवा क्लपका अध्यक्ष गोबिन्द उप्रतीको अध्यक्षतामा भएको कार्यक्रममा , कन्काई नगरपालीका वडा नम्बर –९ का वडा अध्यक्ष प्रेम राजवंशी , बजार समितिका अध्यक्ष गोविन्द प्रधान , समाजसेवीहरु श्ेर बहादुर थापा , चन्द्रमन उप्रेती लगायतले मन्तवय व्यतm गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी शेरबहादुर थापाले घैलाडुब्बाको खेलकुदलाई विकास गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नुभएको थियो ।