
सुर्योदय, १२ मंसिरः विदेशमा पैंसाको बोट हुन्छ भनेझै टिप्नका लागि मिठो सपना बोकेर विदेशीने युवाहरु सपना साकार नहुने देखेपछि स्वदेशमै पैसा फलाउन लागि परेका छन् । विदेशमा पसिना बगाएका इलाम सूर्योदय–४ का २७ वर्षीय सुदन लिम्बुलाई दुवईमा दुई वर्ष काट्न दश वर्ष लागे जस्तो लागेको बताउछन् । विदेशी भूमिमा मेहनत गरे अनुसार कमाई राम्रै थियो । तर लिम्बुलाई परिवार, नातागोता, आफ्नो आफन्त गाउँ घरको न्यास्रोले कहिले छाडेन त्यसैले उनी बल्ल–बल्ल दुई वर्षको अवधि सकाएर स्वदेश फर्किएका छन् ।
लिम्बुले अहिले गाउँमै चारवाट दूहुना गाई र पन्ध्र वटा बाख्रा पाल्दै आएका छन् ।
उनको सानो परिवार अहिले गाईको आम्दानीले नै चलाउन सजिलो भएको छ । चार माउ गाई र बाख्रा पाल्नको लागि आफ्नै जमिनले पुगेको उनीे बताउँछन् । गाईपालनबाट निस्केको मल उनले खेर जानबाट बचाउन तरकारी खेती समेत लगाउएका छन् । मूला, बन्दा, सिमी, धनियाँलगायत सिजन अनुसार अर्गानिक तरकारी खेती पनि गरेर राम्रो आम्दानी गरेका छन् । उनको कृषि लगावमा परिवारले साथ दिदै आएका छन् । अहिले उनले घरपविार खर्च कटाएर परिवारसँगै बसेर मासिक पचास हजार रुपैंयाँ बैंकमा बचत समेत गर्ने गरेका छन् । लिम्बु भन्नछन्– ‘मेहनत गरे आफ्नै देशमा पैंसा फलाउन सकिदो रहेछ ।’ । केही पछि उनी आफ्नो कृषि पेसालाई व्यवस्थित रुपमा अझ बढाउने सोचमा समेत रहेका छन् ।