
मंगलबारे, १२ मंसिरः प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै उम्मेद्वारहरु समेत चुनाव प्रसार प्रचारमा ब्यस्त रहेका छन् । उनीहरु मतदाताहरुको घरघरमा पुगेर मतदाताहरुसँग मत मागि रहेका छन् ।
नेपाली कांग्रेस इलामका पूर्व सभापती, राज्य मन्त्री तथा ब्यवस्थापिका संसदका सांसद केशव थापा इलाम निर्वाचन क्षेत्र नम्वर दुईबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उठेका छन् ।
उनी पनि यतिवेला कार्यकर्ता भेटघाट, घरदैलो कार्यक्रम सहित चुवाब प्रसार प्रसार प्रचारमा गाउँगाउँमा पुगिरहेका छन् । सोमबार प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका थापाले चुलाचुली गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा चुनाव प्रसारप्रचार गरेका छन् । विहान चुलाचुली गाउँपालिकाको साकफारा स्थित तोरीवारीवारी र दशमी वजारमा घरदैलो र कार्यकर्ता भेटघाट गरेका थिए । त्यस्तै चिसापानी पञ्चमी, गजुरम्खी हुँदै मंगलबारे आएर मतदाताहरुको राय र सल्लाह लिएका थिए । त्यसपछि उनी इलाम नगरपालिका सुम्वेकमा कार्यकर्ता भेटघाट गर्ने वताइएको छ ।
विकास निर्माणका काममा सकृय रहने थापा गाउँगाउँ पुग्दा विकास निर्माणका प्रस्ताव सहितका फाइल उनी समक्ष आउने गरेका छन् । विकाशे नेताका रुपमा समेत परिचित थापा हरेक मतदाताहरुलाई समान दृष्टिले हेने नेता समेत हुन् ।