कांग्रेस नेता महतको चुनावी प्रचारको गाडीमा माइन बिस्फोट, ५ जना घाइते

नुवाकोट १, मंसिर: नेपाली कांग्रेस नेता एवं नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा रामशरण महतको चुनावी प्रचारमा हिँडेको गाडीमा माइन बिस्फोट हुँदा ५ जना घाइते  भएका छन् ।
विस्फोटमा परि पन्चकन्याका उपेन्द्र मिश्र, सुनखानीका भेषकुमार तामाङ र सविन लामा, नवलपरासीका लिलाबहादुर थापामगर तथा सिन्धुलीका रामबहादुर राई घाइते भएको डा महतका सहयोगी रमेश महतले जानकारी दिए । उनीहरुको रानिपौवास्थित स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
 ककनी गाउँपालिका ५ डाँडागाउँ शिकारीचौरमा बा १६ च ६६५ नम्बरको गाडीमा विहान १० वजेतिर माईन बिस्फोट भएको थियो । गम्भिर घाइते मिश्र, राई र तामाङलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको महतले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता