- गोविन्द पौडेल

रोङ, ९ पुसः उच्च मुल्य रहेरपनि बजार मुल्य थाहा नपाउँदा ब्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानहरुले अलैंचीको बजार मुल्य मोबाईल एसएमएस बाट नै थाहा पाउने भएका छन् । अलैंचीको मुल्य र गुणस्तरको बारेमा क्रियाशिल रहेको नेपाल अलैंची ब्यवसायी महासंघले अलैंचीको प्रचलित मुल्य थाहा पाउने ब्यवस्था गरेको भएपनि किसानहरुले जानकारी नै पाउन नसकेको कारण अन्योल रहेको अवस्थामा मोबाइलको म्यासेज बक्समा गएर ‘आईएफइ एसिएच बिटिएम’ लेखेर ३४००१मा एसएमएस गरे अलैंचीको मुख्य कारोबार हुने झपाको बिर्तामोडमा प्रचलित बजार मुल्यको बारेमा थाहा पाइने र आईएफए एसिएच लेखेर ३४००१ पठाएमा इलाममा रहेको प्रचलित मुल्य थाहा पाउने प्रावधान रहेको अलैंची विकास केन्द्रका वरिष्ठ प्राविधिक अञ्जनीकुमार न्यौपानेले बताए ।
किसानहरुले थाहा पाउन बजारै गएर बुझ्नु पर्ने र बेला बखतमा त आफूहरु निक्कै ठगिएको महसुस हुने भएकोमा आफूहरुलाई केही रातह मिलेको रोङ ६ रम्भ्याङ्गका किसान श्याम आचार्यको भनाइ रहेको छ । बजारको ठ्याक्कै मुल्य नहुने महशुस गरेका किसानहरुले अलैंची ब्यवसायीले तोकेको मुल्य भन्दा बजार मुल्य केही माथी नै हुने गरेको समेत अनुभव गरेका छन् । तथापी अलैंची ब्यवसायी महासंघले गरेको मुल्य जानकारीको प्रावधान किसानहरुको हितमा नै रहेको किसानहरुको भनाइ रहेको छ ।