- दिपक बोहोरा

शनिबार फिदिम मा।बि को खेलमैदानमा भएको खेलमा निर्धारीत ९० मिनेटमा १–१ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइबेकरबाट गरीएको थियो । खेलको ४ औं मिनेटमा बिर्ता युनाइटेडका आषिश चापागाइले गोल गर्दै बिर्ताको लागी अग्रता दिलाएका थिए । किपकर अगाडि बढेको मैकाको फाइदा उठाउदै आषिशले गोल गरेका थिए । १५ औं मिनेटमा मिसन ताप्लेजुङका बिकेश लिम्बुले गोल गर्दै खेल बराबरी मा पु¥याएका थिए । खेलको ७० औं मिनेटमा बिर्ताका कर्ण लिम्बुले वान भर्सेज वानमा गोल गर्न चुकेका थिए । ७५ औं मिनेटमा बिर्ताका योगेश गुरुङको शशक्त प्रहार मिसनका गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए । त्यस पछि खेलमा दुबै टिमबाट गोल हुन सकेन र खेल ट्राइबेकमा गयो ।
ट्राइबेकरमा झापाका कर्ण लिम्बु ,दिलेन लोक्तम ,सुमित मैनली र बिकि चैधरीले गोल गरेका थिए । मिसल ताप्लेजुङका बिकास राई ,बिकेश लिम्बुको प्रहार गोलमा परिणत भएको थियो भने तेनजिङ लामा र युबराज लिम्बुको प्रहार बिर्ताका गोल रक्षकले बचाउ गरेका थिए ।
राम्रो टिम संग खेल्नको लागी आफ्नो टिम संग अनुभब कम रहेकाले पराजित हुनु परेको ताप्लेजुङका टिम क्यापटेन खमिर गिल्सन कन्दवाले बताए । पाएको अबसर पटक पटक गुमाउदा खेल ट्राइबेकर सम्म पुगेको बिर्ता युनाइटेडका टिम क्यापटेन नरेन लिम्बुले बताए ।
आजको खेलमा बिर्ता युनाइटेडका दिलेन लोक्तम म्यान अप दि म्याच हुदै नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको बिजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्दा उपबिजेताले नगद २ लाख प्राप्त गर्ने छन् । हरेक दिनको म्यान अफ दि म्याच , उत्कृष्ट रक्षक , कोच मिडफिल्डर , फर्वडले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।
- फाल्गुनन्द गोल्डकपमा आइतबार हुने खेल
- एपिएफ काठमाण्डौ बिरुद्ध सुनसरी ११
- फिदिम मा.बि को खेल मैदान
- दिउसो २ बजे