- गोबिन्द पौडेल
रोङ १४ पुसः पर्यटन प्रर्बधनबाट अगाडी बढीरहेको इलामे किसानहरुलाइ घिउफल यानै एर्वोकाडो खेतीले पनि साथ दिने संभावना देखीएको छ ।
अलैची ,अकबरे , ओलन लगायते इलामको चिनारी बनाइ्रहदा इलामे हावापानीमा मजाले फस्टाउन सक्ने फल एर्वोकाडोको खेती गरिने हो भने पनि इलाम घुम्न आउने पाहुनाहरुको लागि नया कोसेली दिन सकिने संभावना रहेको हो ।
हालसम्म इलाममा यसको ब्यवसायिक रुपले खेती नगरिएको भएपनि २०४५ सालतिर जिर्मलेमा (हाल स्वागिय ) रोमस अधिकारीले धनकुटाबाट ल्याएर रोपेको बिरुवाले आम्दामीनै दिन थालेको र जिर्मले बाहेक इलामका अन्य भूभागहरुमा समेत बिस्तार हुदै गएको र इलामे उपभोक्ताहरु पनि रुचाएको फल बनेको छ । ठूलो रुख हुने बारी पाखा सिमसार र खोल्सामा समेत रोप्न सकिने आवश्यक्ता परेको बेलामा काठ र दाउरा काट्न सकिने साथै गाइ बस्तुले सोत औधी मन पराएर यसको घास खाने बिशेषता रहेको यसको एउटै रुखमा तीन चर सय किलो सम्म फल्ने गरेको र अहिले पनि घरैबाट दुइदेखी दुइसय पचास रुपैयामा बेच्ने गरेको सलकपूरका किसान याम अधिकारीले बताए ।
नेपालीमा घिउफल भनेर चिनिने एर्वोकाडो मध्य अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशिय राम्रो नगदे बाली हो । उसको खेतस् समुद्र सतहबाट २५०० मिटर सम्म गर्न सकिन्छ ।मानव स्वास्थ्यको लागि आवश्यक चिल्लो र कार्वोहाइडेड पाइने गरेको छ । बिरुवा रोपेको चार बर्षदेखी पचास बर्षसम्म आम्दामी दिने मानिएको यस फल दुइदेखी चार यस ग्राम सम्मको हुने गरेको छ । एर्बोकाडोमा मानव शरिरको लागि आवश्यक मानिने सबै प्रकारको सिभटामिनहरु र मिनिरल पाइने बिज्ञहरुको भनाइ रहेको छ । उसमा पाइने पोटासियमलेरक्तचाप नियन्त्रण गर्ने , फाइबरले शरिरको तौलको नियन्त्रण र सुगरलाइ सन्तुलित लेवलमा राख्ने , र यसमा पाइने लिउटिन ले आखा स्वस्थ्य राख्ने ,साथै क्यान्सरको उपचारमा गरिने केमो थेरापीको साइड इफेक्टलाइ समेत न्युन गराउने र यसको सेवन गर्दा कम भोकलाग्ने भएको कारण तौल नियन्त्रण वा मोटोपनको समस्याबाट मुक्त हुने बिज्ञहरुको दावी रहेको छ ।
तितो, गुलियो, अमिलो वा पिरो कुनै स्वाद नहने बिना स्वाद वा घिउ जस्तै हुने भएको कारण पनि घिउ फल नामाकरण गरिएको मानिने यस फललाइ सुख्खा रोटी मा लेपन गरेर खादा औधी स्वादिलो हुने र इलामको तल्लो क्षेत्र जिर्मले लगायत फिक्कल ,इलामबजार र मंगलबारेमा समेत फस्टाएको कारण इलामको सबै स्थानमा उत्पादन लिन सकिने ठानिएको छ ।
खाडी र अन्य मुलुमा समेत महंगो मुल्यमा कारोबार हुने यसको जुस र अन्य परिकार बनाएर दिन सक्ने , शित भण्डारमा राखेर बारै महिना बेच्ने वा फलको सिजन मंसिर देखी माघसम्म इलामको कन्याम, अन्तु ,फिक्कल, पाथीभरा इलामबजार जस्ता पर्यटकहरुको भिड लाग्ने ठाउहरुमा आउने पर्यटकहरुमध्ये एक चौथाइ पर्यटकहरुलाइ प्रति ब्याक्ति एक किलो मात्र बेच्न सकिएमा मात्रै बर्षमा अरबौ रुपैया लिन सकिने छ ।
यस बारेमा जिल्ला कृषि बिकास कार्यलय इलामा जानकारी लिन खोज्दा इलाममा यसको छिटफुट खेती हुने गरेको र ब्यवसाहिक रुपमा नरहेको भएपनि यसको खेती गर्न चाहनेहरुको लागि जिल्ला कृषि कार्यलय इलामका बरिष्ट कृषि प्रबिधिक तथा कार्यलय प्रमुख राम सोग्रास शाहले बताउनु भयो । हालसम्म नेपालमा यसको फलमात्र उपभोग गरिने तर परीकार बनाउने नगरिएको बताए । यता यसको फल भित्र रहेको बिउबाट समेत तेल निकाल्न सकिने किसानहरुको अनुमान रहेको छ । उस्तै दाना चिउरीबाट तेल निस्कन सक्ने हुदा यसबाट पनि संभावना रहेको किसान याम अधिकारी बताउछन ।
यो कार्यपनि संबव रहेको जिल्ला कृषि कार्यलय प्रमुखको भनाइ रहेको छ । यसको विउनै करिब सय ग्रामको हुने हुदा किसानहरुले बहुफाइदा लिन सक्ने हुदा सरकारी स्तरबाट यसको परिक्षण गरि किसानहरुको आम्दामीमा र आयस्तर बढाउन सहयोगी बन्ने किसानहरुको अपेक्षा रहेको छ ।
