फुटपथ हटाए सँगै बिर्तामोड अव्यवस्थित बन्दै

  • मनिषा चम्लागाईँ 

बिर्तामोड, १४ पुसः लामो समय देखि बिर्तामोडको समस्या बनेको फुटपाथ सडक विभाग र बिर्तामोड नगरपालिकाले ७ गते देखि हटाउन सुरु गरिसकेको छ । स्थानिय तहको पहलमा भएको कामको निग्रानी स्थानिय संघ सस्थाले  सुरु गरेका छन् । 
यसको ज्वलन्त उदाहरण हो बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोडमा हटाईएको फुटपाथबाट उत्पन्न भएको समस्या चाडो निराकरण गर्नु पर्ने माग राख्दै नगर प्रमुख माझ डेलिगेशन जानु । शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टाईको नेतृत्वमा गएको टोलीले बिर्तामोेड नगरपालिका नगर प्रमुख ध्रुब शिवाकोटी र उप(पं्रमुख पवित्रा महतारा प्रंसाईलाई बिर्तामोडको समस्या अवगत गराएका छन् । 
विकासको नाममा उद्योग वाणिज्य संघ सँग सहकार्य नगरी सडक किनारका भौतिक संरचना हटाएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले शुत्रबार नगरप्रमुखको ध्यानाकर्षण गराएको छ । उद्योग वाणिज्य संघले फुटपाथ हटाए सँगै धेरैको रोजीरोटी गुमेको र बैकल्प्कि व्यवस्था गर्ने दायित्व नगरपालिकाको रहेको डेलिगेशन मार्फत बताएको छ । 
धुलो र फोहोरले व्यवसायमा असर पुर्याएको बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष कुमार भट्टराईले बताए । यसका साथै बिर्तामोडमा नगरपालिका भित्र संचालित व्यवसायको वर्गीकरण गरी सबैलाई करको दायरामा ल्याउनु पर्ने भट्टराईले बताए ।  
स्थानिय तहको निर्वाचन पछि बिर्तामोड नगरपालिका र बिर्तामोड उद्योग वाणिज्य वाणिज्य संघ बिच सहकार्य हुन् नसकेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी (प्रशान्त)ले बताए । 
बिर्तामोड नगरपालिका नगर प्रमुख धुव्र शिवाकोटी भने, सडक विभागले गरेको आदेश अनुसार काम थालनि गरेको बताउँछन्  । नागरिकको सुरक्षा गर्ने दायित्व नगरपालिकाको रहेको कारण यस विषयमा थप छलफल गरेर अघि बढ्ने प्रतिवद्धा जनाएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता