
इलाम, २९ मंसिरः मोरङको सुन्दरहरैँचा नगरपालिका ७ मा गएराती बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालक सहिर ५ जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे १ च १२९५ नम्बरको एम्बुलेन्स स्टेरीङ फेल भई अनियन्त्रित भई दुर्घटना भएको थियो।
गएराती सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका७ बस्ने २६ बर्षिय सुनिल राई गम्भीर घाइते भएकाछन् । एम्बुलेन्समा सोही ठाउँका २१ बर्षिय शिशिर शेर्मा लिम्बु, ३४ बर्षिया प्रमिला कार्की, ३० बर्षिया रमिला लिम्बु र ३६ बर्षिय नेपाल खड्का सामान्य घाईते भएका छन्। घाईते उनीहरुलाई उपचार धरानस्थित घोपा क्याम्पमा भई रहेको प्रहरी चौकी गछीयाले जनाएको छ।