मिर्गौला पिडितलाई विद्यार्थीको सहयोग

झापा, २९ मंसिरः दुईवटै मिर्गौला फेल भएर जीवर र मरणको दोसाँधमा रहेका मेचिनगर १० टिकापुर निवासी शिव कुँवरलाई मनकामना कलेजमा अध्ययनरत विद्यार्थीहरुले दस हजार आर्थिक सहयोग गरेका छन् । 
रोशन भट्टराई, हरिकृष्ण भण्डारी , उत्तर पौडेल, संगिता कोइराला लगायतको टिमले कलेजमा चन्दा संकलन गरेर सो रकम आज पिडितका बाबु थर्कमान कुँवरलाई हस्तान्तरण गरेका हुन् ।  दुइवटै मृगौला खराब भएर भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचारत २२ वर्षिक कुँवरको आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक संकलन गर्नुपरेका बुबा थर्कमानले बताए । 
यसैविच झापाको विभिन्न ठाउँहरुमा प्रकाश खड्काको संयोजनमा शिव कुँवर बचाउ अभियान पनि चलिरहेको छ । शिव कुँवरका लागि आर्थिक सहयोग गर्न चाहनेले एनआइसी एसिया बैंकको खाता नं. ९८७६९०७०४५२४००१ मा पैसा हाल्न सक्ने  छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता