झापामा छुट्टा छुट्टै दुर्घटनामा दुईको मृत्यु

सुरुङ्गा, झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमक र कमल गाउँपालिका जोड्ने रतुवा पुलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कमल गाउँपालिका– १ निवासी २९ वर्षीय दिनेश पोखरेल रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३३११ नंको बसले विपरीत दिशातर्फ आउँदै गरेको मे७प ३८४२ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो । 
बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष दाहालसमेत घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । 
मृत्यु हुनेमा सोही नगरपालिका– ८ निवासी ७२ वर्षीय कुलकुमार श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे९प २६२९ नंको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता