- बिमल अधिकरी

जितपुर, १ पुसः देउमाइ नगरपालिका वार्ड न ९ जितपुर इलामको जितपुर मा बि नवमीमा बिपद ब्यबस्थापनको पुर्ब तयारी सम्बन्धि जनचेतना मुलक सडक नाटक प्रस्तुत प्रदर्शन गरिएको छ।
‘आपतकालको लाठ्ठी’ नामक सडक नाटक मार्फत बाढी ,पहिरो, भुकम्प, आग्लागी लगायतका प्राकृतिक प्रकोप आउन नदिन र आइसके पछी उत्पन्न बिपत्तिको कसरी ब्यबस्थापन गर्ने ,बिपत्ति आउँदा हुन सक्ने मानबिय क्षति कसरी कम गर्ने,बिपद पछिको उद्दार कार्यलाइ कसरी ब्यबस्थापन गर्ने लगायतका बारेमा जानकारी समेटिएको नाटक संगै बिपद ब्यबस्थापन सम्बन्धि गितहरु समेत प्रस्तुत गरिएको थियो।
कला समुह जितपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सामुदायिक उथान्शिल परियोजना इलामको सहयोगमा प्रस्तुत नाटक कला समुह जितपुरका सचिब बिमल अधिकारीको लेखन तथा निर्देशनमा भएको थियो।यसोदा खनाल,इन्दु घिमिरे,गोपाल दियाली,रमिला पोख्रेल,अस्मिता बराल,राजेन्द्र लिम्बू लगायतको अभिनय रहेको नाटक मा नेपाल रेडक्रस सोसाइटी सामुदायिक उथान्शिल परियोजना का इन्द्र चापागाईं, रन माया अधिकारी, जितपुर स्तिथ विभिन्न बिद्यालयका शिक्षक तथा विद्यार्थी लगायत को उपस्थिति रहेको थियो।