पच्चिस दिनदेखि बेपत्ता गोदकका अधिकारी मृत अवस्थामा फेला

इलाम, ९ पुसः २५ दिनदेखि बेपत्ता भएका इलाम गोदकका एकब्यक्ति शनिबार मृत अवस्थामा फेला परेका छन् । नगरपालिका १० गोदक जौबारीका ५१ बर्षिय राजेन्द्र अधिकारी सूर्योदय नगरपालिका वडा नम्बर १४ लक्ष्मिपुर स्थित जिमिखाँदमा रहेको कोइखोप सामुदायिक बनमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घाँस–दाउरा गर्न गएका स्थानीयले दिउँसो करिब साडे ३ बजे मान्छे झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिगत केहि समय अघिदेखि मानसिक सन्तुलन समेत गुमाएका अधिकारी गत मंसिर १३ गते घरबाट निस्केर हिँडेपछि फर्किएका थिएनन् । 
उनको परिवारले खोजतलास धेरै गरेपनि फेला नपरेका अधिकारी अन्तत २५ दिनपछि मृत अवस्थामा फेला परेको मृतकका माइला भाई राम अधिकारीले जानकारी दिनुभयो । मृतक अधिकारीका श्रीमती एक छोरा र एक छोरी छन् । उनको शबलाई आजै बेलुका दाहसंस्कार गरीने मृतकका परिवारले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता