इलाममा १ हजार ६ सय मिटर उचाईमा रहेको पहाडमा पहिलो पटक बोरिङ सिस्टमबाट पानी

इलाम, ९ पुसः इलामको सूर्योदय नगरपालिकामा बोरिङ सिस्टमबाट पनि निकालिएको छ । १ हजार ६ सय मिटर उचाईमा रहेको पहाडमा पहिलो पटक बोरिङ सिस्टमबाट पानी निकालिएको हो ।
अलैँची विकास केन्द्रले अलैची नर्सरीमा सिंचाईको लागि बोरिङ प्रविधिबाट पानी निकालेको अलैँची विकास अधिकृत पदमप्रसाद अधिकारीले बताउनुभयो । नेपाल तराई निर्माण तथा डिप ट्ववेल प्रालि दोलखाको कम्पनीबाट डिटिएच मेसिन ल्याएर पानी निकालिएको अधिकारी भनाई छ ।
पहाडमा बोरिङ प्रविधिबाट पनि निकाल्नको लागि डिप बोरिङ गरेर निकाल्न सकिने अधिकारीको भनाई छ । यो प्रविधि भित्रिएसँगै इलामका सुख्खा ठाउँमा खाने पानी तथा सिंचाइको लागि पानी निकाल्न सहज हुने पनि अपेक्षा गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता