इलाम, २८ मंसिरः इलाम नगरपालिका ४, बरबोटेको, डाडागाउमा गएराती करिब ८ बजे भएको आगलागीमा परी स्थानिय पबित्रा नेपालीको मृत्यु भएको छ। आगलागिमा परि गम्भिर घाइते भएकी विकलाई इलाममा उपचार हुन नसकेपछि उपचारको क्रममा झापा लग्दै गर्दा राती १ः३० बजे बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
आगलागीबाट घर पुर्ण रुपमा नस्ट भएको छ । स्थानियवासी र प्रहरीको सहयोगमा केहि समय पछि आगो नियन्त्रणमा आएको थियो ।
बिब्लाटे बस्ने भोबिन्द्र नेपालिको टिनको छाना भएको १ तले ढुङ्गामाटोले बनेको घरमा टुकी बत्ति लडि आगो सल्कन गई आगलागि भएको हो । घरमा भएका अन्नपात र लत्ताकपडा भाडावर्तन गरी तीन लाख भन्दा वढीको क्षती भएको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता