
इलाम, २८ मंसिरः इलाम नगरपालिका ८ तिल्केनीमा वेवारिसे अवस्थामा हतियार फेला परेको छ । बेवारिसे अवस्थामा राखेको ३ थान इन्डिय पेस्तोल, ८ राउण्ड सोही पेस्तोलमा लाग्ने गोली समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । गोरेटो बाटोको भित्तामा बेवासिरे अवस्था हतियार छ भन्ने स्थानिय मानिसले प्रहरी कार्यालयमा जानकारी गरेपछि प्रहरी नयाव उपरिक्षक रमेश वस्नेत कमाण्डमा खटीएको टोलीले बेवारिसे अवस्थामा राखेको हतियार बरामद गरेको हो ।