काँकडभिट्टा,२८ मंसिरः झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ ।
मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे खाजा बनाउने क्रममा रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए ।
आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्थानिय सुरज सुवेदीले बताए ।
मेचीनगर नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए ।