इलाममा समानुपातिकको मतगणा सकियो, एमाले पहिलो

इलाम, २८ मंसिर इलाममा समानुपातिकको मत गणना भइसकेको छ । अन्तिम नतिजा अनुसार ६१ हजार ६ सय ३० मत सहित समानुपातिकमा समेत एमालेकै अग्रता रहेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४२ हजार ३ सय ९२ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा एमालेले ३१ हजार २ सय ४७ र २ मा ३० हजार ३ सय ८३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा १७ हजार ७ सय छ मत र दुईमा २४ हजार ६ सय ८६ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । केन्द्रले प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा ३ हजार २ सय ४ र दुईमा ४ हजार २२ गरि ७ हजार २ सय २६ मत प्रतप्त गरेको छ । 
चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र नम्वर १ मा १७ सय ९० र दुईमा १५ सय ६७ गरि ३ हजार ३ सय ५७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा छ । राप्रपाले प्रतिनिधि सभा १ मा २ हजार २ सय २१, २ मा ३ सय ५९ गरि २ हजार ५ सय ६९ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधि सभा १ मा २ सय १२ र दुईमा १ सय ५ गरि ३ सय १७ मत प्राप्त गरेको छ । निर्वाचन क्षेत्र नम्वर १ मा राष्ट्रिय जनता पाटीले २७ र दुईमा १ सय १३ गरि १ सय ४० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले १ मा ६१ र ८४ मत प्राप्त गरेको छ । राष्ट्रिय जनमुक्ती पाटीले प्रतिनिधि सभा १ मा १ सय २८ र २ मा १३ सय ३१ मत प्राप्त गरेको छ । इलाममा जम्मा दुइ लाख चार हजार ४६ मतदाता रहेका छन् । यहा प्रदेश सभा १ मा ६४ हजार ४ सय ७९ मत खसेको थियो भने ४ हजार ५ सय ३० मत बदर भएको थियो । २ मा ६९ हजार ७ सय ४८ मत खसेको थियो भने ३ हजार ५ सय ३७ मत बदर भएको मुख्य निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ । दुई प्रतिनिधि सभा र ४ प्रदेशसभा रहेको इलामका सबै स्थानमा बाम गठबन्धनले विजय हासिल गरेको छ । 
इलाममा ५ हजार १८ मत बदर
प्रतिनिधिसभातर्फ इलाममा ३.७ प्रतिशत मत बदर भएको छ । कुल दुईलाख चार हजार ४६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ एक लाख ३५ हजार ५२१ मत खसेको थियो । यहाँ पाँच हजार १८ मत बदर भएको हो । क्षेत्र नं १ मा एक लाख एक हजार ६१ जना मतदाता रहेकोमा ६४ हजार ४७९ मत खसेको थियो । यहाँ दुई हजार ३६५ मत बदर भएको छ । क्षेत्र नं २ मा एक लाख दुई हजार ९८५ मतदाता रहेकोमा ७१ हजार ४२ मत खसेको थियो । यहाँ दुई हजार ६५३ मत बदर भएको छ । प्रदेशसभातर्फको मतगणना कार्य जारी रहेकाले प्रदेशसभातर्फ के कति मत बदर भयो भन्ने यकिन तथ्यांक आइनसकेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए । 
गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा बदर मतको संख्यामा कमी आएको समेत उनले बताए । स्थानीय तहको निर्वाचनमा इलाममा पाँच प्रतिशत मत बदर भएकोमा प्रतिनिधिसभातर्फ ३.७ प्रतिशत मात्र मत बदर भएको छ । निर्वाचनको मिति घोषणा भएको ८० दिनभित्र सबै काम सम्पन्न गरिसक्नुपर्ने भएकाले पनि व्यवस्थित रूपमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्दा बदर हुन पुगेको हो, उनले भने ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता