बिर्तामोडमामा पूर्वाञ्चल क्यान्सर हस्पिटल निमार्ण कार्य सुरु

बिर्तामोड २९ मंसिरः झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर हस्पिटलको निर्माण कार्य सुरु भएको छ बीएण्डसी टिचिङ हस्पिटलको मातहतमा रहने गरी क्यान्सर हस्पिटलको निर्माण कार्य सुरु भएको हो।
अस्पताल प्रशासनले बुधबार पत्रकार सम्मेलन गरी पूर्वका क्यान्सर विरामीलाई लक्षित गरी तीन सय शैयाको क्यान्सर हस्पिटलको निर्माण कार्य सुरु गरिएको जनाएको हो ।
बीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अढाई अर्व रुपैयाँको लगानीमा क्यान्सर हस्पिटलको निर्माण कार्य थालिएको बताए अस्पताल १४ तलाको हुनेछअत्याधुनिक उपकरण सहितको क्यान्सर अस्पताल बनाउने लक्ष्यका साथ निर्माण सुरु गरेका छौँ, निर्देशक प्रसाईले भने, अब रोगीहरुले उपचारका लागि भारत गइरहनु पर्दैन ।
हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार छ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छसोही अनुसार जनशक्ति, उपकरण र निर्माण सामग्रीको व्यवस्थापन गरिएको गिरीले बताएअहिले पनि बीएण्डसीमा क्यान्सरको उपचार हुन्छतर क्यान्सरका लागि भरपर्दाे र छुट्टै भवनसहित अत्याधुनिक उपकरणमार्फत उपचार सेवा उपलब्ध गराउने तयारी थालिएको हो।
क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवका अनुसार पूर्वका क्यान्सर विरामी चितवन, काठमाडौँमा मात्र होइन उपचारका लागि भारत धाउन बाध्य छन्‘उनीहरुलाई स्थानीयस्तरमा सहज सुविधा उपलब्ध गराउने अस्पतालको लक्ष्य सकारात्मक छ’, डा. यादवले भने।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता